शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • द भ्वाइस अफ नेपालको उपाधी राम लिम्बुलाई

द भ्वाइस अफ नेपालको उपाधी राम लिम्बुलाई

  • आइतवार, मंसिर २२, २०७६
द भ्वाइस अफ नेपालको उपाधी राम लिम्बुलाई

द भ्वाइस अफ नेपाल दोश्रो सिजनको बिजेताको उपाधी झापाका राम लिम्बुले जित्न सफल भएका छन ।

शनिबार दर्शकको भोटिङको आधारमा घोषणा गरिएको नतिजामा उनि बिजेताको भागेदार भएका हुन् । उनले उपाधी चुमे संगै डाटसन रेडि गो कार, १२ लाख नगद पुरस्कार, १५ लाख बराबरको भिडियो एल्बम र विश्व साङगितिक भ्रमणको अवसर पाएका छन् ।

‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए ।बिजेता लिम्बु कोच प्रमोद खरेललको टिममा रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार