शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • अलपत्र बच्चालाई लिएर गाँउपालिका अध्यक्ष आफै पुगे एसोएसमा

अलपत्र बच्चालाई लिएर गाँउपालिका अध्यक्ष आफै पुगे एसोएसमा

  • शनिबार, मंसिर २१, २०७६
अलपत्र बच्चालाई लिएर गाँउपालिका अध्यक्ष आफै पुगे एसोएसमा

स्वामिकार्तिक गाँउपालिका अध्यक्ष चिरिञ्जीबि शाहि अलपत्र बच्चालाई लिएर आफै एसोएस वालग्राम धनगढी पुगेका छन् । स्वामिकार्तिक गाँउपालिका १ साप्पाटामा आमाको मृत्यु पछि अलपत्र बनेका ३ बर्षको देबदत्त लुवार र ६ महिनाकी बसन्ती लुवारलाई एसोएस वालग्राम धनगढीमा अध्यक्षले पुयाएका छन् ।
एसोएसले पालनपोषण र शिक्षा दिक्षाको जिम्मा लिने भनेपछि गाँउपालिका अध्यक्ष एसोएस बालग्राममा बच्चा लिएर गएको अध्यक्ष शाहिले वताए । शनिवार एसोएस बालग्राम धनगढीको जिम्मा लगाएका छन् । एसो एस बालग्राम धनगढीका प्रमुख पदम हमालले पालनपोषण र शिक्षा लगायत सम्पुर्णको जिम्मा लिने वताएका छन् । वालग्राममा पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंह, स्वामीकार्तिक गाँउपालिका सुचना अधिकारी कुबेर शाहि, नागरिक समाजका अध्यक्ष जनेश भण्डारीको सहभागिता रहेको थियो ।
दुई भाइबिहिन अलपत्र परेको समचार बिभिन्न सञ्चारमाध्यममा प्रकाशित पछि एसोएस वालग्राम धनगढिले उद्धार गरेको एसोएस वालग्राम धनगढीका प्रमुख पदम हमालले वताएका छन् । आमा बच्चि लुवार गत साउनको महिना अकस्मात मृत्यु भएको थियो । ५१ बर्षिय बज्यै सुकी लुवारको भरमा दुई नावालक बच्चाहरु रहेका थिए । ३ बर्षको देबदत्त लुवार र ६ महिनाकी बसन्ती लुवार बेसाहारा बनेका हुन् । सम्पत्तिको नाममा एउटा घर समेत नभएकी सुकी लुवारलाई नाति नातिनि पाल्न निकै सकस भएको छ । ६ महिनाकी बसन्तिलाई अरु बाट गाई भैसीको दुध मागेर पालिरहेकि छन् । दुबै भाइबहिनि पाल्नका लागि गाँउ चार्हेने गरेको सुकीले वताईन् ।
अलपत्र रहेका दुबै भाइबहिनि कुपोषणको चपेटामा रहेका छन् । देबदत्त लुवार त अलि थिकै छन, ६ महिनाकी बसन्ती भने कुपोषण बाट निकै ग्रस्त रहेकी महिला अगुवा बिनिता बिकले वताईन् । पोषिलो खानेकुरा नभएकाले कुपोषणको चपेटामा रहेको सुमित्राले वताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार