शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पत्रपत्रिका
  • छापामा आज : इन्डो–प्यासिफिक नीतिमा सकारात्मक हुन नेपाललाई अमेरिकाको आग्रह

छापामा आज : इन्डो–प्यासिफिक नीतिमा सकारात्मक हुन नेपाललाई अमेरिकाको आग्रह

  • शुक्रबार, मंसिर २०, २०७६
छापामा आज : इन्डो–प्यासिफिक नीतिमा सकारात्मक हुन नेपाललाई अमेरिकाको आग्रह

तेहौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हासिल गरेको उपलब्धि, प्रधानमन्त्रीको डिस्चार्ज, न्यायाधीश सिफारिसलगायत विषयले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् ।

अन्नपूर्णले न्यायाधीश सिफारिसबारे मुख्य समाचार बनाएको छ । न्यायाधीश सिफारिसका लागि बिहीबार न्यायापरिषद् बैठक बसे पनि यसका पदाधिकारीबीच राय नमिलेपछि भाँडिएको समाचारमा लेखिएको छ ।

‘पहिलेदेखि नै मन्त्री र केसी श्रीमानको चित्त नबुझेको अवस्था हो’, परिषद् स्रोतको भनाइ कोट गर्दै अन्नपूर्णले लेखेको छ, ‘नेपाल बारको विज्ञप्तिले फरक मतलाई राहत दियो । अब के हुन्छ यसै भन्न सकिने अवस्था रहेन ।’

इन्डो–प्यासिफिक रणनीतिमा सकारात्मक हुन अमेरिकाले नेपाललाई आग्रह गरेको समाचार पनि अन्नपूर्णमा समेटिएको छ ।

पछिल्लो समय अमेरिकाको इन्डो प्यासिफिक रणनीतिलाई लिएर कूटनीतिक क्षेत्रमा बहस भइरहेको छ । तर अमेरिकाले यसमा सकारात्मक हुन नेपाललाई आग्रह गरेको छ । यो कुनै रणनीति नभई अमेरिकाको आफ्नै नीति भएकाले अन्योल हटाउन उसले नेपाललाई भनेको छ ।

एसिया–प्रशान्तक्षेत्र हेर्ने अमेरिकी सहायक रक्षा मन्त्री रन्डाल जी स्च्रिभरले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापासँगको छुट्टाछुट्टै भेटमा यस्तो बताएको समाचारमा उल्लेख छ ।

‘इन्डो प्यासिफिक स्ट्राटेजी अमेरिकाले दोस्रो विश्वयुद्धपछि अँगाल्दै आएको नीति हो । यो कसैका विरुद्ध छैन’, स्च्रिभरको भनाइ उद्धृत गर्दै अन्नपूर्णले लेखेको छ ।

नागरिकको नजर मधेस क्षेत्रमा रहेका अवैध हतियारमाथि परेको छ । नागरिकका अनुसार यस्ता हतियारले मधेसलाई असुरक्षित बनाउँदै लगेको छ ।

नागरिक लेख्छ– समयअन्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा कम भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन । घरमा अवैध हतियार राखेर छिमेकीमाझ गर्व अनुभव गर्ने मनोविज्ञान हुर्किंदैछ ।’

राजधानीले नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा हालसम्मकै सर्वाधिक पदक जितेको लेखेको छ । राजधानीका अनुसार सन् १९९९ मा नेपालले ३२२ स्वर्ण, १० रजत र २२४ कास्य गरी पदक जितेको थियो । जारी सागमा नेपालले अहिलेसम्मकै धेरै स्वर्ण हासिल गरेको छ । बिहीबारको खेल सकिँदासम्म नेपालले ३६ स्वर्ण, २६ रजत र ३४ कास्य गरी कुल ९६ पदक जितेको छ ।

चर्चामा

सम्बन्धित समाचार