बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथले गाँउमै चिकित्स लिएर पहिलो पटक अपांग परिचय पत्र बितरण

जगन्नाथले गाँउमै चिकित्स लिएर पहिलो पटक अपांग परिचय पत्र बितरण

  • मङ्लबार, मंसिर १७, २०७६
जगन्नाथले गाँउमै चिकित्स लिएर पहिलो पटक अपांग परिचय पत्र बितरण

जगन्नाथ गाँउपालिकाले बाजुरा जिल्लामा पहिलो पटक स्थानिय तह भईसकेपछि अपांग परिचय पत्र बितरण गरेको छ । स्थानिय तह भइसकेपछि स्थानिय तहले कार्यबिधि पास नगरेका कारणले बाजुरामा कसैले अपांग परिचय पत्र बितरण गर्न सकेको थिएन् । गाँउपालिकाले कार्यबिधि पास सँगै चिकित्सक गाँउमै लगेर परिचय पत्र बितरण गरेको छ ।
अपांग परिचय पत्र बितरण सँगै गाँउपालिकाले ग र घ बर्गका अपांगलाई गाँउपालिकाको स्रोत बाटै ब्यबस्थापर्ने गरी मासिक रुपमा भत्ता उपलब्ध गराउने निर्णय भएको रोजगार संयोजक लक्ष्मण जोशीले वताएका छन् । ग बर्गका लाई मासिक ३ सय घ वर्गका लागि मासिक २ सय दिने निर्णय भएको जोशीले वताए । जगन्नाथ गाँउपालिकाको जुड्डीमा संचालन भएको एकिकृत घुम्ती शिविरमा १ सय १५ जना अपाङ्गहरुको स्वास्थ्य परिक्षण गरिएको जिल्ला अस्पताल बाजुरा प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताए । परिक्षण बाट अपाङ्गता परिचयपत्र वितरण सम्बन्धी कार्यबिधि २०७६ बमोजिम नेपाल सरकारले निर्धारण गरेका मापदण्डका आधारमा “क” बर्गका ५ जना, “ख” बर्गका १२ जना, “ग” बर्गका ३० जना र “घ” बर्गका २० जना गरि कुल ६७ जनालाई अपाङ्ग परिचय पत्र वितरण गर्ने गरिएको छ ।
गाँउपालिकाकि सुचना अधिकारी सिर्जना शाहिका अनुसार कार्यबिधि पास भइसकेपछि चिकित्सलाई गाँउपालिका लिएर चेक जाँच गरि अपांग परिचय पत्र दिन सिफारीस गरेको वताईन् । सदरमुका मार्तडीमा रहेको जिल्ला अस्पतालमा मात्र चिकित्सक रहेकाले त्यहाँ अपांग ब्यक्ति जान पनि धेरै समस्या थियो, गाँउपालिकाको पहलमा डा. रुपचन्द्र बिकलाइ बोलाएर चेकजाँच र उहाको शिफारीसका आधारमा परिचय पत्र बितरण गरिएको शाहिले वताईन् । जगन्नाथ गाँउपालिका ३ का बल बहादुर शाहिले जिल्लामा जान नसकेर अपांग परिचय पत्र पाँउन सकेका थिएन्, । गाँउमै चिकित्सक आएर चेकजाँच गरेर परिचय पत्र पाँउदा खुशी भएको वताए । उनले क वर्गको परिचय पत्र पाएको बताए । पहिला जिल्लामा दिने गरेको थिया,े तर जान समस्या र आर्थिक नभएकाले परिचय पत्र बनाउन नसकेको अहिले गाँउपालिकामा नै पाएको वताए ।
नेपाल सरकारले “क” र “ख” बर्गका व्यक्तिहरुलाई मासिक रुपमा सामाजिक सुरक्षा वापतको रकम उपलब्ध गराँउदै आएका छ । तर “ग” र “घ” बर्गका व्यक्तिहरु सामाजिक सुरक्षा नदिने ब्यबस्था रहेको छ । जगन्नाथ गाँउपालिकाको पाँचौ गाँउसभाले आर्थिक बर्ष ७६÷७७ बाट “ग” र “घ”बर्गका व्यक्तिहरुलाई मासिक रुपले भत्ता उपलब्ध गराउने निर्णय गरेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद प्रसाद गैरेले वताए । गाँउपालिको बैठकले “ग”बर्गका अपांगलाई मासिक रु ३ सय र “घ” बर्गका अपांगलाई मासिक २ सय गाँउपालिकाको आन्तरिक स्रोत बाट उपलब्ध गराउने निर्णय भएको गैरेले वताए ।
बिगतमा महिला वालवालिका कार्यालय बाट अपांग परिचय पत्र बितरण गर्ने गरेको छ । अन्य स्थानिय तहमा भने अहिले सम्म कार्यविधि नबन्दा अपांग परिचय पत्र पाँउन नसकेको बडिमालिका नगरपालिका महिला शाखा प्रमुख केशरी रोकायाले वताईन् । नगरपालिकाले कार्यबिधि नबनाएका कारण धेरै परिचय पत्र पाँउन बाट बिञ्चत रहेको वताईन् । स्थानिय तह कार्यान्वयनमा पछि अपांग परिचय पत्र वितरणको काम रोकिएकोले गाँउपालिका उपाध्यक्ष, सहायक प्रमुख जिल्ला अधिकारी, चिकित्सक, सुरक्षाकर्मी र अन्य सदस्यहरुको उपस्थितिमा बनेको समितिले नेपाल सरकारले तोकेको मापदण्डका आधारमा परिचय पत्र जारी गरेको गाँउपालिका अध्यक्ष कालि बहादुर शाहिले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार