मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • छतारामा नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप एक जना पक्राउ

छतारामा नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप एक जना पक्राउ

  • सोमवार, मंसिर १६, २०७६
छतारामा नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप एक जना पक्राउ

बाजुरा १६ मंसिंर । त्रिबेणी नगरपालिका १ छतारामा नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप भएको छ । झडपमा परि छताराका भीम चदारा घाइते भएका छन ।  भिम भदारालाई कालु चदाराले पिटेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दोहोरो झडप भएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी उपरिक्षक उद्धबसिंह भाटको नेतृत्वमा गएको टोलीले पिट्ने कालु चदारालाई पक्राउ गरेको डिएसपी भाटले वताएका छन्। मंसिर १४ गते सम्पन्न उपनिर्बाचनमा नेपाली काँग्रेसलाई भोट नदिएको भन्दै झडप भएको बताईएको छ । निर्बाचनमा नेपाली काँग्रेसका उमेद्धार खकेन्द्र चदारालाई २० भोटले पछि पार्दै नेपाल कम्यूनिष्ट पाटी नेकपाका उमेद्धार मनराज बुढा मिलन बिजय भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार