शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • मासिक एकथान टिकट निशुल्क उपलब्ध गराइने ( विज्ञप्ति सहित)

मासिक एकथान टिकट निशुल्क उपलब्ध गराइने ( विज्ञप्ति सहित)

  • आइतवार, मंसिर ८, २०७६
मासिक एकथान टिकट निशुल्क उपलब्ध गराइने ( विज्ञप्ति सहित)

नेपाल वायुसेवा निगमले नेपाल सरकारद्वारा घोषित नेपाल भ्रमण वर्ष २०२० लाई अत्यधिक सफल बनाउन रणनीतिक कार्य योजनालाई थप परिष्कृत एवम् परिणाममुखी बनाउने निर्णय गरेको छ ।

निगमका कार्यकारी अध्यक्ष श्री मदन खरेलको अध्यक्षतामा मङ्सिर ५ गते बसेको कार्यकारी समितिको बैठकले निगमका सम्पूर्ण विमानहरू र निगमको स्वामित्वमा रहेका सबै सवारी साधनमा नेपाल भ्रमण वर्ष २०२० का लोगोहरु अंकित गर्ने निर्णय गर्यो र सम्बन्धित विभागलाई उक्त निर्णय तत्काल लागू गर्न निर्देशन गरियो ।

नेपाल भ्रमण वर्ष २०२० मा नेपाललाई पर्यटकका लागि आकर्षक गन्तव्य बनाउनुका साथै प्राकृतिक रुपमा अत्यधिक सुन्दर र सांस्कृतिक रुपमा सम्पन्न राष्ट्रको विश्वव्यापी परिचयलाई थप सुदृढ बनाउने महान अवसरको रुपमा भ्रमण वर्षलाई उपयोग गर्न निगमले विज्ञ सहितको डिजिटल मिडिया एवम् कन्टेन्ट बनाई पर्यटक आकर्षित गर्ने कार्यनीति तयार गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य र निगमको व्यावसायिक प्रवर्द्धनलाई केन्द्रित गरी निगमले डिजिटल मिडिया सेलवाट फेसबूक, व्टिटर, ईन्स्ट्रग्राम र यूट्युवमा पर्यटन प्रवर्द्धन सम्बन्धी सामग्री प्रसारण गर्नेछ ।

निगमले गुणस्तरीय सेवा सहित पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालय स्थित बिक्री कक्ष रातीको ८ः०० सम्म खूल्ला राख्ने भएको छ ।

काठमाडौंका होटेल तथा टुर अपरेटर व्यवसायीहरूसँग सम्झौता गरी विदेशबाट आएका यात्रुहरूलाई निगमका बाह्य स्टेशनवाट प्याकेजमा टिकट बिक्रीको व्यवस्था गरिने छ ।

भ्रमण वर्ष २०२० लक्षित निगमले थप कार्यक्रमहरु क्रमशः बनाउँदै जान पाँच जना निर्देशक सम्मिलित समिति गठन गरेको छ भने मिडिया÷पर्यटक सहजिकरणका लागि एक उपसमिति निर्माण गरी पाक्षिक प्रगति मूल्याङ्कन गरी थप कार्यक्रम बनाउन निगमले निर्णय गरेको छ ।

प्रत्येक अन्तर्राष्ट्रिय स्टेसनहरूमा पर्यटकहरूका लागि गोलाप्रथाद्वारा मासिक एकथान टिकट निशुल्क उपलब्ध गराइने छ ।

सुलेख मिश्र
सह(प्रवक्ता)

चर्चामा

सम्बन्धित समाचार