बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • हिमाली
  • ब्यबासायीक भेडा पालन सम्बन्धि ३ दिने तालिम सम्पन्न

ब्यबासायीक भेडा पालन सम्बन्धि ३ दिने तालिम सम्पन्न

  • बिहिबार, मंसिर ५, २०७६
ब्यबासायीक भेडा पालन सम्बन्धि ३ दिने तालिम सम्पन्न
 लक्ष्मीराज पाध्याय 
बाजुरा जिल्लाकाे हिमाली गाउँपालिकामा ३ दिने ब्यबासायिक भेडापालन सम्बन्धि तालिम सम्पन्न भएकाे छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराकाे अायाेजनामा तालिमकाे अायाेजनामा साे तालिम सम्पन्न भएकाे हाे । मसिंर ३ गते देखी ५ गते सम्म साे तालिम संचालन भएकाे थियाे । 
भेडा पालकहरूलाई ब्यबासायिक बनाउने उदेश्यका साथ तालिमकाे अायाेजना गरिएकाे भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डाक्टर शंकर पाण्डेले बताए । हिमाली गाउँपालिकाका २० जना भेडा ब्यबासायीहरूलाई तिन दिन सम्म तालिम दिएकाे डाक्टर पाण्डेले बताए । भेडा पालन गर्ने किसानहरूकाे सहजताका लागि र ब्यबासायीक रूपमा भेडा पाल्नका लागि तालिम दिएकाे बताए । जिल्लाकाे सबै भन्दा बढि भेडा पाल्ने हिमाली गाउँपालिकामा रहेकाले त्यहाका किसानलाई तालिम दिएकाे प्रशिक्षक सिद्धराज जैशीले बताए । त्यसै गरि स्वामिकार्तिक खापर गाउपालिकामा पशु स्वास्थ्य शिबिर पनि अाज सम्पन्न भएकाे छ । स्वामिकार्तिक खापर गाउपालिकामा २ हजार १ सय २८ पशुकाे उपचार गरिएकाे भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रका चिकिच्सक सिद्धराज जैशीले बताए ।

 

चर्चामा

सम्बन्धित समाचार