शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाघको आक्रमणबाट १४ भेडा मरे ।

बाघको आक्रमणबाट १४ भेडा मरे ।

  • सोमवार, कार्तिक १८, २०७६
बाघको आक्रमणबाट १४ भेडा मरे ।

बडिमालिका समाचार
बाजुरा १७ कात्र्तिक । जिल्लाको गौमुल गाउँपालिका–२ पौदालीमा बाघको आक्रमणबाट १४ भेडा मरेका छन् । शनिबार राती १२ बजे सोही स्थानीय हंस धामीका भेडा माथि बाघले आक्रमण गरेर मारेको अर्का स्थानीय धनकृष्ण धामीले जानकारी दिएका छन् ।
घर भन्दा केहीं पर रहेको भेडी गोठमा राती एकाएक बाघ आएर आक्रमण गरी भेडाहरु मरेको अवस्था फेला परेका छन् । ४५ भेडा मध्ये १४ भेडालाई आक्रमण गरेको पाईएको छ । राती १४ भेडा मारेपछि बिहान उज्यालो भएपछि अरु भेडालाई आक्रमण गर्ने नपाएको हुनसक्ने धामीले बताएका छन् ।
एक भेडा बराबर १५ देखि १८ हजार सम्म मुल्य पर्ने गर्दछ । भेडाहरु मरेपछि २ लाख बढीको क्षती भएको पिडीत हंश धामीले बताए । यहा“का अधिकांश स्थानियको व्यवसाय नै भेडापालन रहेको छ । स्थानियले व्यवसायीक रुपमा पालेका भेडा गोठमै आएर बाघले मार्न थालेपछी स्थानियन चिन्तित हुनुका साथै बाघलाई नियन्त्रणका लागि स्थानीय सरकारले पहल गरिदिन समेत आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार