बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बडिमालिका
  • सवारी चालक कार्बाहीमा १० लाख राजश्व संकलन

सवारी चालक कार्बाहीमा १० लाख राजश्व संकलन

तिहारमा २४ जना जुवाडे पक्राउ

  • शुक्रबार, कार्तिक १५, २०७६
सवारी चालक कार्बाहीमा १० लाख राजश्व संकलन

लक्ष्मीराज पाध्याय, बाजुरा १५ कार्तिक —   दशै तिहारलाइ लक्षित गरि ट्राफीक नियमको पालन नगर्ने सवारी चालक चालिस जना कार्बाहीमा परेका छन् । कार्बाहीमा परेका सवारी चालकबाट १० लाख ८३ हजार राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक उद्धवसिहं भाटले बताए । कार्तिक १४ गते एकै दिन ३९ हजार ५ सय रुपैया राजश्व संकलन भएको प्रहरी प्रमुख भाटले बताए । अन्य समय दिनमा ४ देखी ५ हजार मात्र सवारी कार्बाहीमा राजस्व संकलन हुने भए पनी तिहारमा अत्याधिक मात्रामा सवारी कार्बाहीबाट राजस्वं संकलन भएको भाटले बताएका छन् ।
बाजुरा जिल्लाका बिभिन्न ठाउँबाट यस बर्षको तिहारमा २४ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीको कडा डिउटी हुदाहुदै पनी लुकिछिपी जुवा खेलीरहेको अबस्थामा पक्राउ परेका हुन् ।
बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका ८ पाण्डुसेन स्थित उव्जन रावतको पसलमा जुवा खेलीरहेका १४ जना जुवाडेलाई कोल्टी प्रहरीले कार्तिक ९ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख उद्धवसिहं भाटले बताएका छन् ।
नौ गते राती ईलाका प्रहरी कार्यालय बुढीनन्दा बाजुराबाट खटिएको प्रहरी टोलीले बुढीनन्दा नगरपालिका वडा नं. ८ पाण्डुसैन स्थित उब्जन रावतको पसलमा जुवातास खेलिरहेका बेला जुवातासको खालबाट ७६ हजार ४ सय तीस नगदसहित जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख भाटले बताएका छन् ।
नगदसहित पक्राउ परेका जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यसै गरि त्रिवेणी नगरपालिका–४ तोलीबाट कार्तिक ८ गते नै प्रहरीले जुवातास खेल्दै गरेका पाँच जना जुवाडेलाई दश हजार नगद सहित पक्राउ गरेको थियो ।
गोप्य सूचनाका आधारमा प्रहरी चौकी मौरेको टोलीले जुवातास खेल्दै गरेको बेला पक्राउ गरेको प्रहरी संचारका उमेश अवस्थीले बताउनुभयो ।
त्यसै गरि कार्तिक ११ गते बडिमालिका नगरपालिका ८ बाट ५ जना जुवाडे संगै १५ हजार नगद सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दशैमा पनी २० जना जुवाडे संगै १ लाख २० हजार नगत सहित बरामत गरेको प्रहरी संचार उमेश अवस्थीले बताए ।

चर्चामा

सम्बन्धित समाचार