शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • लभ म्यारिज गर्ने सपना भए पनि प्रेमी पाउन गाह्रो भो

लभ म्यारिज गर्ने सपना भए पनि प्रेमी पाउन गाह्रो भो

  • बिहिबार, कार्तिक ७, २०७६
लभ म्यारिज गर्ने सपना भए पनि प्रेमी पाउन गाह्रो भो

१२ वर्षअघि नेपाल टेलिभिजनमा ‘को भन्दा को कम’ शीर्षकको गायन प्रतिस्पर्धा हुन्थ्यो । उक्त कार्यक्रममा नवलपरासीबाट भाग लिन आएकी सामान्य काली केटीले प्रथम स्थान हासिल गरेकी थिइन्, जसको खासै चर्चा भने भएन । त्यसको केही वर्षपछि गायनको यस्तै प्रतिस्पर्धा ‘नेपाली तारा’ मा भने तिनै युवती पाँचौं स्थानबाट बाहिरिँदा धेरैले उनीप्रति अन्याय भएको टिप्पणी गरेका थिए ।

अहिले पाँचौं स्थानबाट बाहिरिएकी तिनै युवती इन्दिरा जोशी सर्वाधिक प्रख्यात गायिका भएकी छिन् । इन्दिराको स्वर त राम्रो छ नै, उनको स्टेज परफमेन्स, नृत्य, सौन्दर्य एवं वाकपटुताको पनि उत्तिकै चर्चा हुने गरेको छ । स्टेजमा उत्रिसकेपछि दर्शकलाई सँगै नचाउन सक्ने खुबी भएकी इन्दिरा छोटो समयमै विश्वका २८ देशमा पुगिसकेकी छिन् भने नेपालका करिब–करिब सबै जिल्ला घुमेकी छिन् ।

उनलाई गायनमा ग्ल्यामर मिसाउन सक्ने खुबीका कारण धेरैले रुचाएका छन् । सेक्सी फिगरका कारण चर्चामा रहने गायिका हुन् इन्दिरा जोशी । उनको स्वर जती स्टेजमा बिक्छ, त्यो भन्दा बढी सेक्सी फिगर । स्वरसँगै कम्मर मर्काउन सिपालु भएकै कारण इन्दिराको माग देश र विदेशमा पनि बढेको छ ।

यी अविवाहित सुन्दरी इन्दिरा जोशी प्रेम बिबाह गर्ने बताउँछिन् । घरमा उनका ३ जना दिदीको मागी बिबाह भएकाले आफूले प्रेम बिबाह गर्ने सोच उनले बोकेकी छिन् । त्यसो भए के इन्दिराको प्रेमी छन् त, भनिन्-‘यो क्षेत्रमा लागेका मानिसलाई वुझिदिने कुनै पुरुष आएका नै छैनन् । यसैले, प्रेमी पाउँन गाह्रो छ ।’

इन्दिराको जीवनमा कुनै केटा नआएका भने होइनन् । उनका दाईको मिल्ने साथीले उनलाई मन पराउाथे । ब्याचलर पढ्ने समयमा इन्दिरा एक पुरुषसँग डेटमा गएकी पनि थिइन् । तर, २ महिनामै प्रेमी विदेश गएपछि प्रेममा ब्रेक लाग्यो । लायक केटाको खोजीमा रहेकी इन्दिराले उनको जीवनमा आउन चाहनेका लागि केही बिशेषताको सूची पनि फर्माएकी छिन् ।

उनलाई अग्लो केटा मन पर्छ । कारण, उनी अग्लो केटासँग हातमा हात वाँधेर हिल जुत्ता लगाएर हिड्न चाहन्छिन् । प्रेम गर्ने मानिसको खोजी गर्ने यी सुन्दरी केटासँग नजिक हुन भने नसक्ने बताउँछिन् । स्कुल पढ्दा उनले कुइनाले हिर्काउने केटा खुबै कुटेकी छिन् । यो क्रम काठमाण्डौ आएपछि पनि नरोकिएको इन्दिरा भन्छिन् ।

चर्चामा

सम्बन्धित समाचार