आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • पर्यटन
  • चिनियाँ सेलिब्रिटी सी छिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत

चिनियाँ सेलिब्रिटी सी छिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत

  • सोमवार, कार्तिक ४, २०७६
चिनियाँ सेलिब्रिटी सी छिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत
नेपाल भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज बैद्य चिनियाँ सेलिब्रिटी सी छिङ्लाई सद्भावना दूत नियुक्तिको प्रमाण पत्र प्रदान गर्दै ।

काठमाडौं । चिनियाँ सेलिब्रिटी सी छिङ लाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त गरिएको छ । उनको चयनले नेपाली पर्यटन क्षेत्रको चीनलगायत अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन हुने अपेक्षा राखिएको छ ।

चीनमा मात्र होइन, ५० वर्षीया अभिनेत्री सी छिङ अन्तर्राष्ट्रिय क्षेत्रमासमेत नाम चलेकी कलाकार हुन् । आधा दर्जनभन्दा धेरै चीनको राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल सी छिङले नेपालको पर्यटन सद्भावना दूत हुन पाउँदा धेरै खुसी लागेको बताइन् ।

उनलाई सद्भावना दूत नियुक्त गर्न आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्याय मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतको रूपमा अभिनेत्री सी छिङको चयनले नेपाली पर्यटनको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारमा सघाउ पुग्ने बताए । साथै उनले अभिनेत्री सी छिङलाई तिब्बती बादशाह स्रङचङ गम्पोसँग बेही गरेकी नेपाली राजकुमारी भृकुटीको छोरी भन्दै भाञ्जीको साइनो पनि लगाए ।

कार्यक्रम पछि मन्त्री भट्टराईले सी छिङलाई चिनियाँ सामाजिक सञ्जाल १ करोड ६० लाखले पछ्याएकी र उनको भ्लगलाई १ अर्व १३ करोड पटक हेरिएको उल्लेख गर्दै फेसबुकमा पोष्ट गरेका छन् । सी छिङले आफ्नो अभिनयको यात्रा सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत डेब्यू गरेकी थिइन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणका क्रममा नेपाल भ्रमण वर्ष २०२० लाई समर्थन गर्दै आफ्ना देशका नागरिकलाई नेपाल घुम्न प्रोत्साहित गर्ने भनेका थिए । त्यस लगतै चिनियाँ सेलिब्रिटीलाई पर्यटन दूत घोषणा गरिनुले पर्यटन क्षेत्र थप उत्साहित बनेको छ ।

चर्चामा

सम्बन्धित समाचार