• होमपेज
  • बुढिनन्दा
  • पत्रकार कार्की माथि भएको हमलाप्रति महासंघको आपत्ती

पत्रकार कार्की माथि भएको हमलाप्रति महासंघको आपत्ती

  • शनिबार, कार्तिक २, २०७६
पत्रकार कार्की माथि भएको हमलाप्रति महासंघको आपत्ती

रेडियो बुढीनन्दामा कार्यरत पत्रकार मोहन कार्कीमाथि भएको कुटपिटको घटना प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले प्रेस विज्ञप्ती मार्फत खेद व्यक्त गरेको छ ।

नेपाल पत्रकार महाँसघ बाजुराले आज एक प्रेस विज्ञप्ती जारी गर्दै रेडियो बुढीनन्दामा कार्यरत कार्यरत पत्रकार कार्कीमाथिको हमलाको निन्दा गरेको हो ।महाँसंघले एक जना कलमजीवी पत्रकारमाथि साँघातिक हमला हुनु निकै निन्दनीय र खेतजनक घटना भन्दै अराजक मनोभाव भएकाहरुले गरेको प्रेसमाथिको दमनकारी हमला भनेको छ ।

दैनिक जसो काम सकेर साँझ होटेलमा खाना खाएर कोठा जाने क्रममा केही अराजक मानसिकता बोकेका युवाहरुले मदिरा सेवन गरी झुक्यानमा पारि कोठा जान लागेका बेला एकान्तमा लिएर अब पत्रकारलाई ठीक पार्नुपर्छ, पत्रकारलाई सोधीखोजी सिध्याउनु पर्छ भनि उनीमाथि ढुङगा लात्ति मुक्का प्रहार गरी उनको टाउको, आँखा र शरीरका विभिन्न ठाउँमा गम्भीर चोट पु¥याएर मरणासन्य अवस्थामा वीच सडकको नालीमा छोड्ने अन्यायवाला पिडक तथा दोषीहरुलाई यथाशक्य कानुन बमोजिम हदैसम्मको कडा कारवाहीका लागि सम्वन्धीत निकायको ध्यान केन्द्रीत गर्न चाहान्छौँ विज्ञप्तीमा भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार