• होमपेज
  • समाज
  • पत्रकार कार्कीलाइ  कुटपिट गरेको आरोपमा दुई युवा प्रहरी नियन्त्रणमा 

पत्रकार कार्कीलाइ  कुटपिट गरेको आरोपमा दुई युवा प्रहरी नियन्त्रणमा 

  • बिहिबार, अशोज ३०, २०७६
पत्रकार कार्कीलाइ  कुटपिट गरेको आरोपमा दुई युवा प्रहरी नियन्त्रणमा 

रेडियो बुढीनन्दामा कार्यरत पत्रकार महेश कार्की र बुढीनन्दा क्याम्पसका स्ववियु सभापति माथि हातपात गर्ने दुई जना युवाहरुलाई प्रहरीले प्रक्राउ गरेको छ । गयराति खाना खान जाने क्रममा विशाल होटलमा भेटिएका केहि युवाहरुले अभिषेक होटलमा जाउ भन्दै लगेको र विच बाटोमा कुटपिट गरेको पिडीत पत्रकार महेश कार्कीले बताए । अविशेक होटल तर्फ जाँदै गर्दा बुढीनन्दा क्याम्पसका स्ववियु सभापति केशर भाट भेटिए पछि निर्प मल्ल र जयस्थिति मल्ल लगायतका युवाहरुको समूहका विच झगडा भएको र छुट्याउने क्रममा पत्रकार कार्की माथि ढुङगा र लात्तिले हानेको पिडित पक्षले जनाएको छ । घाइते अवस्थामा रहेका पत्रकार कार्की र स्ववियु सभापति भाटको टाउकोमा गम्भीर चोट लागेकाले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले रिफर गरेको छ । खाना खान जाने क्रममा मदिरा सेवन गरेका युवाहरुले कुटपिट गरे पछि पिडीत पत्रकार कार्की र भाटले प्रहरीमा दिएको जाहेरीका आधारमा हाल निर्प मल्ल र जयस्थिति मल्ललाई प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख रुद्रसिह धामीले बताए । यता पिडक आरोपित मल्ल द्वयले आफूहरुले हानेको स्वीकार्दै पत्रकार कार्की र भाट सहितले आफूहरु माथि प्रहार गरेपछि दोहोरो हानाहान भएको बताएका छन । यता पत्रकार कार्कीले भने मदिरा सेवन गरेका उनीहरुले आफूलाई निर्घात रुपमा कुटपिट गरेको बताए ।

चर्चामा

सम्बन्धित समाचार