बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण गर्न जरुरी : मन्त्री शाह

धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण गर्न जरुरी : मन्त्री शाह

  • सोमवार, अशोज २७, २०७६
धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण गर्न जरुरी :  मन्त्री शाह

बाजुरा २७,असोज  — सुदूरपश्चिमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले जिल्लामा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनु भएको छ ।
आईतबार खप्तड छेडेदह गाउँपालिकामा आयोजना गरिएको प्रथम छेडेदह पर्यटन महोत्सवमा मन्त्री शाहले थुप्रै सम्भावना भएका धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण सम्वद्र्धन र प्रवद्र्धन गर्न स्थानीय तहले एकजुट भएर संरक्षण गर्नु जरुरी रहेको बताउनु भएको छ ।
यहाँका धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार र संरक्षणको अभावका कारण पहिचान दिन नसक्नु सबैको कमजोरी रहेको मन्त्री शाहले जिकिर गर्नु भयो ।
जिल्लाका बडीमालिका,बुढीनन्दा,नाटेश्वरी,छेडेदह,बडालेख लगायतका पर्यटकिय क्षेत्र तथा जिलेखी मष्टा,राउते जो लगायतका धार्मिक क्षेत्रको स्थानीय स्तरबाट नै कुनै चासो नदेखाएको प्रति दुखेसो गर्नु भएको छ ।
यस्तै मन्त्री शाहले बार्जुकोट दरबार,कुँडीकोट,पोरखेगढी लगायतका पुरातत्वलाई पनि संरक्षण गर्न स्थानीय तहले प्रदेश र संघसंग समन्वय र सहकार्य गर्नुपर्न् धारण राख्नु भएको छ ।
जिल्लाको विकासका लागि आरोप प्रत्यारोप भन्दा पनि सकारात्मक काममा सहयोग गर्न सबसैमा मन्त्री शाहले आग्रह गर्नु भयो । संघियता पछि सबैले जनताको शासक नभई सेवक भएर काम गर्नुपर्नेमा जोड दिनुभएको हो । विकासका लागि सबै पार्टीले सहकार्य एकता र जागरण र सहअस्तित्वको त्याग गर्नपर्नेमा मन्त्री शाहको दाबी रहेको छ ।
यस्तै तत्कालिन संविधान सभा सदस्य महा नेपालीले जिल्लाको पर्यटकीय क्षेत्रमा रुपमा रहेको छेडेदहको संरक्षण र प्रवद्र्धन गर्न गाउँपालिकालाई आग्रह गर्नु भएको छ ।
उहाँले अहिले संविधान निर्माण भएपनि सरकारले कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाउनु भएको छ । नेपालीले विकास निर्माण कार्यमा विरोध भन्दा सहयोगको आवश्यक रहेको बताउनु भयो ।
यहाँका धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचार प्रसार,संरक्षण तथा प्रवद्र्धन गर्नका लागि राजनितिक दलहरुले साझा धारण अघि सार्नुपर्नेमा संििवधान सभा सदस्य नेपालीको भनाई रहेको छ ।
त्यस्तै नेपाली काँग्रेस महासमिति सदस्य पदम शाहीले यहाँका स्थानीय उत्पादन र पैठारी हुदा आर्थिक समृद्धी हुनेमा विश्वास व्यक्त गर्नुभयो । शाहीले कला संस्कृति र रितिरविाजको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिं रावलले स्थानीय उत्पादनलाई बजारीकरण गर्दै लैजानुपर्ने मा जोड दिनु भएको छ । खप्तड छेडेदह गाउँपालिकाको आर्थिक समृद्धीका लागि विभिन्न स्थानीय स्तरमा उत्पादन हुने आलु,फापर,लसुन लगायतकाको बजारिकरण नहुँदा आर्थिक समृद्धी हुन नसकेको रावलले जिकिर गर्नुभयो ।
बडीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले छेडेदह विषयमा विवाद गर्नुभन्दा सबैले एक भएर संरक्षण र सम्वद्र्धन गर्न आग्रह गर्नु भएको छ । उहाँले छेडेदह वरिपरि वृक्षारोपण गरी गाउँपालिकाले अपनत्व लिनुपर्नमा नगर प्रमुख बडुवालको भनाई छ ।
खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले गाउँपालिका भित्र रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रको सम्भावनाको खोजी गर्दै प्रवद्र्धन र संरक्षण गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
धार्मिक तथा पर्यटकिय सम्भावना बोकेको छेडेदहको संरक्षण र प्रवद्र्धन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्दै आएको अध्यक्ष रावतको भनाई रहेको छ ।
जिल्लामा संचालन हुदै आएको जय मालिका यातायात प्रा.लि.को आयोजना र खप्तड छेडेदह गाउँपालिकाको सह आयोजनामा जिल्लामा पहिलो पटक पर्यटन महोत्सव संचालन गरिएको महोत्सव व्यवस्थापन समितिका संयोजक तथा जय मालिका यातायात प्रा.लि.का अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिनु भएको छ ।
महोत्सव कार्तिक १गतेसम्म संचालन हुने बताए । कार्यक्रममा स्थानीय कलासंस्कृति,धामीझाँक्री,भुवा,अनन्तले र राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती रहने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार