बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • छेडेदह पर्यटन महोत्सव हुदै

छेडेदह पर्यटन महोत्सव हुदै

  • शनिबार, अशोज २५, २०७६
छेडेदह पर्यटन महोत्सव हुदै
जिल्ला सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन मार्फत महत्सवको सबै तयारी बारे जानकारी गराउदै ।

बाजुरा २५ असोज : जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा पहिलो पटक छेडेदह पर्यटन महोत्सव हुन गईरहेको छ । जिल्लाका बिभिन्न पर्यटकिय क्षेत्र मध्य एक छेडेदह तालको संरक्षण पर्यटन प्रबद्धन गर्ने उदेश्यले महत्सवको आयोजना हुन लागेको हो ।
जयमालिका यातायात प्रालिको आयोजनामा २६ गते देखी छेडेदह पर्यटन मह्त्सव संचालन हुन लागेको प्रालिका अध्यक्ष प्रेम नाथले बताएका छन् । जिल्ला सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन मार्फत महत्सवको सबै तयारी पुरा भईसकेको नाथले बताए । कृषि पर्यटन कला संस्कृती बाजुराको पहिचान, पर्यटकलाई गन्तब्यसम्मको जिम्मा जय मालिका यातायातको अभियान भन्ने मुला नाराका साथ सो महोत्सवको आयोजना गर्न लागेको आयोजकले बताएको छ । खप्तड छेडेदह गाउँपालिका र जयमालिका यातायात प्रालिको आयोजनामा सो महोत्सव आयोजक रहेको बताएको छ ।
स्थानीय उत्पादन, र छेडेदह तालको प्रबद्धनमा टेवा पु¥याउने उदेश्यले सो कार्यक्रमको आयोजना हुन लागेको जयमालिका यातायात प्रालिका सचिव देबेन्द्र नाथले बताए । सो कार्यक्रममा ८९ ओटा स्टल राखीने भएका छन । जयमालिका यातायात प्रालि जिल्लामै दर्ता भएकोले बाजुराबाट यस्ता कार्यको थालनी गरिएको आयोजकले बताएको छ । नेपाल सरकारको नियमावली अनुसार सुदुर पश्चिम प्रदेशको दास्रो नम्मरमा प्राली दर्ता गरेको जिल्लाको बिकासमा टेवा पुगोस भन्ने यदेश्यले कार्यक्रम गर्न गईरहेको आयोजकले बताएको छ । छेडेदह राज्यको आखामा नरहेकोले त्यसको प्रबधनका लागि महत्स्वको आयोजना गरेको सचिव देबेन्द्र नाथले बताए । महोत्सवमा स्थानिय भुवा अनन्ते चाली हुड्केउली लगायत स्थानीय सस्कृती झल्काउने झाकीहरु पनी प्रदशन गरिने नाथले बताए । पाच दिन सम्म संचालन हुने महोत्सवको प्रमुख अतिथि सुदुर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले कार्यक्रमको उद्धघाटन गर्ने आयोजकले बताएको छ । महोत्सव उद्धघाटन कार्यक्रमका दिन निशुल्क प्रबेश रहे पनी अन्य दिनमा एक टिकटको ५० रुपैँया लाग्ने आयोजकले बताएको छ । महत्सवका स्टलहरुमा होटलको ४ हजार ५ सय अन्यको ३ हजार ५ सय शुल्क तय गरिएको र स्थानीय उत्पादन राखेका स्टलहरुलाइ निःशुल्क । आयोजकले कार्यक्रमको अनुमानित खर्च २८ लाख ३० हजारको अनुमान गरेको र आम्दानीमा २९ लाख ८३ हजार हुनसक्ने अनुमान गरेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । महाेत्सव असाेज २६ गते देखी कार्तिक १ गते सम्म हुने भएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार