बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • ६४ औै प्रहरी दिवसको अवसरमा बाजुरा प्रहरीले गर्याे जग्गादातालाई सम्मान

६४ औै प्रहरी दिवसको अवसरमा बाजुरा प्रहरीले गर्याे जग्गादातालाई सम्मान

  • शुक्रबार, अशोज २४, २०७६
६४ औै प्रहरी दिवसको अवसरमा बाजुरा प्रहरीले गर्याे  जग्गादातालाई सम्मान
जग्गादाताहरूलाइ सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी गगां प्रसाद न्याैपाने र प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्बविसहं भाट । तस्वीर: जिल्ला प्रहरी कार्यालय बाजुरा

बाजुरा २४ असोज
६४ औै प्रहरी दिवसको अवसरमा बिभिन्न प्रहरी चौकीलाई जग्गा दिने जग्गादाताहरुलाई सम्मानीत गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको आयोजनामा गरिएको ६४ औै प्रहरी दिवसको अवसर पारी एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
सम्मानीत हुनेमा कार्यक्रममा प्रस्तावित प्रहरी चौकी रिठा बजारको लागी जग्गा दान गरेका होमनाथ जोशी र निजकी धर्मपत्नी योगमाया जोशी, प्रस्ताबित प्रहरी चौकी आटीचौरको लागी जग्गा दान गरेका गोपाल सिंह र राजेश सिंह त्यसै गरि प्रहरी चौकी मौरेको भवन निेर्माणको लागी जग्गा दान गरेका त्रिवेणी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षलाई सम्मान गर्दै कदर पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धवसिहं भाटले बताए । जिल्ला प्रहरी कार्यालय बाजुराको आयोजनामा ६४ औ प्रहरी दिवस जिल्लामा बिबिध कार्यक्रमको आयोजना गरि दिवस समापन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । एक औपचारीक कार्यक्रमको आयोजना गरि दिवस मनाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी पत्रकार उमेश अवस्तीले बताएका छन । सामुदायि प्रहरी सेवाकेन्द्र बाजुराका अध्यक्ष काल्चे दमाई को अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बाजुराका प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपाने रहेका थिए । कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले गरेको प्रहरी पत्रकार अवस्तीले जानकारी दिएका छन् ।


दिवसको अवसरमा बोल्दै प्रहरी प्रमुख भाटले भने जिल्लाको शान्ती सुरक्षाका लागी जस्तो सुकै अवस्थामा पनी लागी पर्ने बताएका छन् । शान्ती सुरक्षामा लाग्दा केही बाधा बेबधान आए पनी जिल्लाका सर्बसाधारणहरुको सुरक्षाका लागि पछि नहट्ने बताएका छन् । आफु जिल्लामा आईसकेपछी जनताबाट अपेक्षा भन्दा बढि सहयोग पाएको भाछले बताए । जनताले गरेको सहयोगलाई मध्यनजर गरि आफुलाई थप काम गर्ने हौसला प्रदान भएको कार्यक्रममा बोल्दै उनले बताए । जिल्लामा आफु रहुन्जेल मदिरा नियन्त्रण, जुवातास नियन्त्रण संगै जिल्लाको शान्ती सुरक्षामा कुनै असर पर्न नदिने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।


त्यस्तै प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले भने जिल्लाको शान्ती सुरक्षामा प्रहरी संगठन एक हो प्रहरी पोशाकको मात्र प्रहरी हो र पोशाक बिनाका प्रहरी आम जनता भएकोले शान्ती सुरक्षा कायम गर्ने जिम्मा तपाई हामी सबैको रहेको बताए । जिल्लामा हाल प्रहरीलाई भइरहेको सहयोग सम्मानजनक रहेको र यसलाई निरन्तरता दिन र प्रहरी र प्रशासनलाई सहयोग गर्न प्रजिअ न्यौपानेले जिल्लाबासीलाई आग्रह समेत गरेका छन् । जिल्ला  प्रहरी कार्यालयमा मनाएकाे कार्यक्रममा  नेपाली सेनाका प्रमुख ससस्त्र प्रहरी प्रमुख लगायतकाे उपश्थीति रहेकाे प्रहरीले बताएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार