शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • मृत अवस्थामा चितुवा फेला,आजै पोष्टमार्टम गरियो

मृत अवस्थामा चितुवा फेला,आजै पोष्टमार्टम गरियो

  • बिहिबार, अशोज २३, २०७६
मृत अवस्थामा चितुवा फेला,आजै पोष्टमार्टम गरियो
मृत भेटिएको चितुवा सदरमुकाम मार्तडी स्थित डिभिजन बन कार्यालयमा पोष्टमार्टमको तयारीमा राखीएको अबस्था

बाजुरा २३ असोज
बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न–७ मा एक बयस्क चितुवा मृत अवस्थामा फेला परेको छ । खप्तड छेडेदह गाउँपालिका–७ हारणीकखोला सामुदायीक बनमा चितुवा मृत अवस्थामा फेला परेको जिल्ला डिभिजन बन कार्यालय बाजुराले जनाएको छ ।
बुधबार दिउँसो स्थानीय गोरु चराउन गएको अबस्थामा चितुवालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । प्रहरीलाई खवर पश्चात प्रहरीले डिभिजन बन कार्यालयमा खवर गरि पोष्ट मार्टमका लागी सदरमुकाम ल्याइएको डिभिजन बन कार्यालयका निमित्त प्रमुख हरिनारायण कुमार सुरैत यातदले बताए ।
डिभिजन बन कार्यालयका अनुसार १ सय ९३ सेन्टीमिटर ६८ सेन्टीमिटर उचाई, लम्बाई भएको चितुवा केहि दिन अगाडी मात्र मरेर गन्हाएको अवस्थामा फेला परेको डिभिजन बन कार्यालयका निमित्त प्रमुख हरिनारायण कुमार सुरैत यातदले बताए । मृत फेला परेको पोथी चितुवालाई सदरमुकाम ल्याएर पोष्टमार्टम गरि गाडिएको डिभिजन निमित्त प्रमुख यादवले बताए ।
चितुवाको शरीरमा कुनै घाउ तथा चोटपटक नरहेको र कसैले बिसादि प्रयोग गरिएको हुनसक्ने पशु बिज्ञ केन्द्रका चिकित्सक शिद्धराज जोशीले बताएका छन् ।
जिल्ला सदरमुकाम पु¥याईएको मृत चितुवाको जिल्ला प्रशासन जिल्ला प्रहरी कार्यालय डिभिजन बन कार्यालय र नेपाल पत्रकार महासघ बाजुरा लगायतका प्रतिनिधीको रोहबरमा पोष्टमार्टम गरि बन डिभिजनको प्रङ्गणमै खाडल खनेर गाडेको छ ।

चर्चामा

सम्बन्धित समाचार