शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • चर्चित मोडल यबं डान्सर अञ्जली अधिकारी

चर्चित मोडल यबं डान्सर अञ्जली अधिकारी

  • बिहिबार, अशोज २३, २०७६
चर्चित मोडल यबं डान्सर अञ्जली अधिकारी

विसं २०५४ साल अशोज १४ गते बर्दियामा जन्मेकी अञ्जली लोकदोहोरी क्षेत्रकी अहिलेकी सबैभन्दा व्यस्त मोडल हुन्। ‘खरबारी’मा बोलको गीतबाट मोडलिङ यात्रा शुरु गरेकी अञ्जलीको ‘बोलमाया’बोलको गीत सार्वजनिक भएसंगै चर्चा एकाएक चुलियो। त्यसयता सार्वजनिक ‘गलबन्दी’गीतले त उनको चर्चालाई थप शिखरमा पुर्याएको छ।

उनी धेरै जसो लोकदोहोरी गीतहरूमा आफ्नो प्रस्तुति दिएकी हुन्छिन् । अझै भन्ने हो भने त पछिल्लो समय देश विदेशको कार्यक्रममा निकै नै व्यस्त रहेकी छिन मोडल अञ्जली अधिकारी । अञ्जलीको नाम सुन्ने बित्तिकै गलबन्दी गीतलाई सम्झिन्छन् दर्शक श्रोताले । हुन त उनले पहिलो पटक मिडियामा आफ्नो प्रेमी पनि खुलाएकी थिइन्।

अञ्जलीलाई एक अन्तवार्तामा र्यापिड फायर भन्ने गेम खेलाइएको थियो । जहाँ अञ्जलीले एक वाक्यमा प्रश्नको जवाफ दिनुपर्ने थियो । अञ्जलीलाई तपाईको क्रस को भन्दा उनले हाँस्दै छ एउटा ब्रिटिश आर्मी भनेकी थिइन् । त्यस्तै उनले आफ्नो पहिलो प्रेम १० कक्षामा पढ्दा भएको पनि बताइन् । केहि दिन पहिला मात्र २३ बर्ष लागेकी छिन ।

अञ्जली ले आफ्नो जन्मदिनमा आफ्नो केही कमजोरी सुधार्ने अठोट गर्दै आफ्नो कामलाई निरन्तरता दिने बाचा गरेकी थिइन् । यस क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको बताउदै आउदा दिनमा अझा शशक्त भूमिका निभाउने बताएकी थिइन् । हामी पनि आशा गरौ , आउदा दिनहरुमा अन्जली अधिकारीको धमाकेदार प्रस्तुति हरु देख्न पाउने छौ ।

https://www.youtube.com/watch?v=r9EFyZh6YyE

चर्चामा

सम्बन्धित समाचार