शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • प्रधानमन्त्री रोजगार कार्यक्रममा १५ ओटा योजना सम्पन्न 

प्रधानमन्त्री रोजगार कार्यक्रममा १५ ओटा योजना सम्पन्न 

  • बुधबार, अशोज १, २०७६
प्रधानमन्त्री रोजगार कार्यक्रममा १५ ओटा योजना सम्पन्न 
प्रधानमन्त्री रोगार कार्यक्रम अन्तरगत बाटो निर्माण गर्दै स्थानियहरु तस्बीर संगीता तिमिल्सीना

संगीता तिमिल्सेना
बाजुरा १ असोज : जिल्लाको वडिमालिका नगरपलिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १५ ओटा योजना सम्पन्न भएका छन् । बेरोजगार युवाहरुलाई लक्षित गरी देशव्यापी रुपमा संचालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा वडिमालिका नगरपलिकामा १५ ओटा योजनाहरु सम्पन्न भएको रोजगार संयोजक प्रमिला थापाले बताउनुभयो ।
नगरपलिकाका ९ वटै वडामा जम्मा १६ ओटा योजनाहरु भएपनि वडा नं ८ मा रहेको को आर्मी व्यारेक सिडीबाट भम्कसम्मको ढलनिकास गर्ने योजनाको भने सुरुवात नै नभएको संयोजक थापाले बताउनुभयो । त्यस्तै वडा नं ८ मा नै रेहेको चिल्डेन पार्क फिल्ड निर्माणको काम पनि त्यती प्रभावकारी नभएकोले आधा काम मात्र भएको र आधा रकम मात्रै भुक्तानी भएको छ । उहााका अनुसार वडा नं ८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आएका २ योजना मध्यृेको ४० हजार रकम मात्रै प्रयोगमा आएको र १ लाख ४९ हजार रकम भने फ्रिज गएको रोजगार संयोजक थापाको भनाई छ ।
कार्यक्रम अन्तरगत वडा नं १ मा बुढीखोला हुँदै लिसने गौडादेखि नुवाकोट बाटो निर्माण र कुलिमुल पिनालेख खेतिपातल खानेपानी मर्मत, वडा नं २ मा जुगाडा स्वास्थ्य चौकीको घेरबार निर्माण र सत्यवादी मावि रंगरोगन, वडा न. ३ मा खारगाडदेखि मौरेभिड हुँदै माणुचोटा हुँदै नगथुर बाटो निर्माृणका योजना हरु रहेका थिए । त्यस्तै वडा नं ४ मा रिला गोरेटो बाटो र विद्यालय मर्मत तथा कलर, वडा नं ५ मा मष्टामाण्डौँ मन्दिर घेरबार निर्माण, वडा न. ६ मा नेराआवि देखि पल्ला फडिल्लासम्म गोरेटो बाटो र गैराखेतदेखि बुडाखोला सम्म गोरेटो बाटो निर्माण, वडा नं ७ मा सेरा खानेपानी निर्माण र लक्ष्मी मावि घेरबार र बालकेन्द्र बाँकी काम सम्पन्न गर्ने योजना रहेका थिए ।
त्यसैगरी वडा न. ८ मा चिल्डेन पार्क फिल्ड निर्माण आर्मी ब्यारेक सिडीबाट भमकसम्मको ढल निकास र वडा नं ९ मा मष्टेश्वरी आधारभुत विद्यालयको खेल मैदान निर्माण र तुफानडाँडा लौठिरुख बाटो निर्माण गरी जम्मा १५ ओटा योजनाहरु रहेको रोजगार संयोजक थापाले बताउनुभयो ।
सम्पुर्ण योजनाहरु निमार्ण गर्नका लागि ३३ लाख ७० हजार ५ सय रहेको थियो त्यसमध्ये १ लाख ४९ हजार रकम फ्रिज गएको तथ्यांकमा देखाएको छ ।
सम्पुर्ण योजनाहरुले रमक अनुसारको प्रभाव पारेको नै देखिएको बेराजगार युवालाई १ महिनाका लागि पनि रोजगार बनाएको प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक थापाको भनाई छ । सबैभन्दा वडा नं ३ रजालीमा रहेको खारगाडदेखि मौरेभिडसम्मको बाटो माणुचोटा हुदै नगथुर बोटो निर्माण गर्ने योजना उपयुक्त भएको स्थानियले बताएका छन् । बाटो निर्माण हुनुभन्दा अगाडी आवतजावत गर्न निकै असहज भएको र बाटो निर्माण भएपछि स्थानियलाई केही राहात भएको रजालीका स्थानियहरुको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार