मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • वडा सचिव र दुई जना शिक्षक सहित पाँच जुवाडे पक्राउ

वडा सचिव र दुई जना शिक्षक सहित पाँच जुवाडे पक्राउ

  • शनिबार, भदौ २८, २०७६
वडा सचिव र दुई जना शिक्षक सहित पाँच जुवाडे पक्राउ
क्याप्सन । शुक्रबार पक्राउ परेका जुवाडे

बडिमालिका समाचार
मार्तडी २८ भदौ । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका १ पिनालेखबाट शुक्रबार राति पाच जना जुवाडेलाई पक्राउ गरेर शनीबार जिल्ला प्रहरी कार्यालय बाजुराले सार्वजनिक गरेको छ ।
गाउको पसलमा जुवातास खेल्दै गरेको अवस्थामा बडिमालिका नगरपालिका १ का वडा सचिव मदनबहादुर दानी, सोही नगरपालिका १ का होटल संचालक कृष्णराज उपाध्याय, त्रिवेणी नगरपालिका ९ हाल सोही वडाको जाल्पा माविमा अध्यायपन गराउदै आएका शिक्षक कर्ण बहादुर थापा, बझाङ्ग जिल्ला खप्तड छान्ना गाउँपालिका घर भएका हाल बाजुराको हिमाली गाउँपालिकाको एक विद्यालयमा अध्यायपन गराउदै आएका भीमबहादुर गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी तथा निमित्त कार्यलय प्रमुख प्रहरी निरिक्ष जनक ढुङ्गानाले जानकारी दिए ।
गाउँमा जुवातास ंखेलाउदै र खेलि रहेको गोप्य सुचनाका आधारमा शुक्रबार राति जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा जुवा खालबाट ४३ हजार ६ सय ६० रुपंैया नगद समेत बरामद गरेको ढुंगानाको बताए । पक्राउ परेका पाँच जनाको अनुसन्धान भइरहेको बताएको छ ।
जुवातास खेल्ने र खेलाउने कार्य गैर कानुनी भएकाले यसलाई अन्त्य गर्न प्रहरीले जुवातास बन्द गर्ने गरी जिल्लामा स्थानीय तहमा प्रहरीले सक्रियता बढाएको प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार