• होमपेज
  • बुढिनन्दा
  • बुवाको मृत्यु, आमा अशक्क्त भएपछी ३ भाइबहिनि बिच्चलीमा ( भिडियाे सहित)

बुवाको मृत्यु, आमा अशक्क्त भएपछी ३ भाइबहिनि बिच्चलीमा ( भिडियाे सहित)

  • बुधबार, भदौ २५, २०७६
बुवाको मृत्यु, आमा अशक्क्त भएपछी ३ भाइबहिनि बिच्चलीमा ( भिडियाे सहित)

बुढिन्नदा नगरपालिका ६ कोटिलामा बुवाको मृत्यु र आमा अशक्क्त भएपछि तिन भाइबहिनि सहित गर्भवती आमा बिच्चलीमा छन् ।
पलिमान आउजीको ७ महिना पहिला जाड खाएको बेला लडेर मृत्यु भएको हो । उनकि श्रीमति कृष्णा आउजी अहिले नौ महिनाकि गर्भवती छन् । उनका तिन बच्चाहरु र उनि बिच्चलीमा छन् । १३ बर्षकि निरुता आउजी, ९ बर्षकि नमति आउजी र ७ बर्षका पवन आउजी अलपत्र परेका छन् । पलिमान स्थानियको हलो जोतेर परिवार पाल्ने गरेका थिए ।
निरुता कक्षा ६ मा, नमति कक्षा ३ मा र पवन आउजी कक्षा १ मा स्थानिय बागेश्वरी आधारभुक्त बिद्यालयमा अध्ययनरत छन् । पलिमान अरुको हलो जोतेर परिवार पाल्थे, उनको मृत्यु पछि परिवार बिच्चलीमा रहेको स्थानिय शिक्षक जनेश भण्डारीले वताएका छन् । बुवाको मृत्यु पछि निरुताका तिन भाइबहिनि नियमित बिद्यालय समेत नआउने गरको भण्डारीले वताए । घर समेत नभएका उनिहरु अरुको घर गोठमा बस्दै आएका छन् । आर्थिक नभएपछि तिन भाइबहिनिको पढाइ समेत अलपत्र बनेको छ ।
कृष्णा आउजीले भनिन्, आफु गर्भवती छु, बच्चा पाँउने समय भन्दा ढिला भइसक्यो, अर्को छोरा छोरी कसरी पाल्ने चिन्ता भएको वताईन् । आफु अशक्क्त छु, छोरा छोरीले मागेर र अरुको काम गरेर छाक टार्ने गरेको वताईन् । गाँउमै रहेको बिद्यालयमा अध्यनरत भएपनि तिनै भाइबहिनि नियमित बिद्यालय नजाने गरेका छन् । निरुताले भनिन्, आमालाई सहयोग गर्नुपर्छ अनि खानाको जोहो गर्नुपर्छ अर्को कापि किन्नलाई पैशा समेत नहुँदा पढाइ छुट्ने गरेको वताईन् ।
श्रीमान हुदा सम्म उनको परिवार कोटिला गाँउमा एउटा सानो छाप्रो उनको परिवार बस्ने गरेका थिए । श्रीमानको मृत्यु पछि घर भत्किएपछि उनका परिवार सबै परिवार दैयामा माइती घरमा बस्दै आएको छौ, कृष्णाले वताईन् । माईतिको पनि घर नभएकाले गोठमा बस्नु पर्ने बाध्यता रहेका वताईन् । उनको सम्पत्तिको नाममा एक आना जग्गा समेत नभएको वताइएन् । गर्भवति भएको बेला पोषिलो खाने कुरा त धेरै टाढाको कुनै दिन भोकै बस्नु गरेको उनले रुदै भनिन् । कसैले दिएपछि कसैका काम गरेपछि खान पाँउछु नभए खाली पेटमा दिन काट्नु परेको उनले थपिन् ।

चर्चामा

सम्बन्धित समाचार