बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गुणस्तरिय शिक्षाको लागी कार्यशाला गोष्ठी

गुणस्तरिय शिक्षाको लागी कार्यशाला गोष्ठी

  • सोमवार, भदौ २३, २०७६
गुणस्तरिय शिक्षाको लागी कार्यशाला गोष्ठी

बडिमालिका समाचार
बाजुरा २३ भदौ । बाजुरा जिल्लाको पुर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउपालिकाको गुणस्तरिय शिक्षा कसरी बनाउने भन्ने बिषयमा आईतबार गाउपाकाका प्रधानाध्यापकहरुसंग कार्यशाला गोष्ठी गरेको छ ।
गाउपालिका भित्र रहेका बिद्यालयहरुका प्रधानाध्यापकहरुसंग छलफल गर्दै शिक्षामा गुणस्तर ल्याउन गाउपालिका, बिद्यालय, शिक्षासम्बन्धि काम गरिरहेको संघ सस्थाहरुले गरेको प्रयासका विषयमा छलफल गरिरेको थियो ।
विषयमा छलफल भएका
बिद्यालय संचालनमा भएको समस्याहरुको बारेमा छलफल भएको थियो । प्रधानाध्यापकहरुले बिद्यालय संचालनमा थुप्रै समस्या हुने गरेको प्रधानाध्यापकहरुले बताएका थिए । गुणस्तरिय शिक्षाको लागी भौतिसंरचना अभाव, पाठ्यपुस्तक प्रयाप्तता नहुने, बिषयगत शिक्षकहरु नहुनु अभिभाबको लापर्बाही, शिक्षकहरु गैर जीम्मेवारी बिद्यालयमा बिद्यार्थिहरु नियमित उपस्थितिमा कमी हुने गरेको बताईएको थियो । कार्यशाला गोष्ठी हिमाली गाउपालिका र सेतो गुरासको संयूक्त आयोजनामा स‌चालन भएको गोष्ठीको आर्थिक सहयोग युनिसेभ तथा बिश्वशिक्षाको रहेको सेतो गुराँसका प्रबन्धक देबु खातीले बताईन ।


हिमाली गाउपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले बिद्यालय सुधारमा गाउपालिकाबाट हुने सक्दो सहयोग गर्ने बताए । कार्यशाला गोष्ठीमा हिमाली गाउपालिकाका अध्यक्ष तथा जनप्रतिनिधिहरु, सेतो गुराँसका प्रबन्धक देबु खाती, समता तथा समाबेसी शिक्षा कार्यक्रमका प्रमुख देबराज पाध्याय गाउपालिका भरिरहेका बिद्यालयहरुका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार