शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गौमुल
  • पुर्व गाविस अध्यक्षको निधन

पुर्व गाविस अध्यक्षको निधन

  • बुधबार, भदौ १८, २०७६
पुर्व गाविस अध्यक्षको निधन

बाजुरा १८ भदौ
बाजुराको गौमुल गाउँपालिका साविकको दहकोट गाउँ विकास समितिका पुर्व अध्यक्ष कृष्णबहादुर रोकायाको ५० वर्षको उमेरमा बुधबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
लामो समयदेखि लिभरको रोगले ग्रसित हुँदा उपचार गर्दा गर्दै निको नभएपछि सदरमुकाम मार्तडीमा बस्दै आएका रोकायाको आज निधन भएको मृतकका भाई चक्रबहादुर रोकायाले बताउनु भएको छ ।
मृतक रोकाया २०४९ निर्वाचनमा दहकोट गाउँ विकास समितिमा नेपाली काँग्रेसबाट विजयी भएका थिए ।
लामो समयदेखि राजनितिमा सक्रिय कार्यकर्ता एवं पुर्व जिल्ला कार्य समिति सदस्य गाविस पुर्व अध्यक्ष भएका रोकायाको निधनप्रति नेपाली काँग्रेस बाजुराले दुःख व्यक्त गरेको छ । काँग्रेसले एक सच्चा र इमान्दार लगनशिल कार्यकर्ता गुमाउदा अतुलनीय क्षती पुगेको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।
मृतक रोकायाको बिहीबार विहान हिन्दु धार्मिक परम्परा अनुसार दाहासंस्कार गरिने भाई रोकायाको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार