शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गौमुल
  • मदिरा सेवन कार्ड प्रयोगपछि गौमुलका जनताको जनजीवन फेरियो

मदिरा सेवन कार्ड प्रयोगपछि गौमुलका जनताको जनजीवन फेरियो

मदिरा सेवन कार्ड लिनेको संख्या यस बर्ष घट्यो

  • मङ्लबार, भदौ १७, २०७६
मदिरा सेवन कार्ड प्रयोगपछि गौमुलका जनताको जनजीवन फेरियो

रमित वि.क.
गौमुल गाउँपालिकाले मदिरा व्यवस्थापन गरेको २ बर्ष पुगेको छ । मदिरा सेवनकै कारण गाउँपालिकामा धेरै बितिष्णा उत्पन्न भएको थियो । जब गौमुल गाउँपालिकाले मदिरा निषेधको निर्णय गर्यो, त्यो मिति देखि नत गाउँपालिकामा कलह भएको छ, नत नियमित झै–झगडाको मुद्धा नै आएका छन् ।
गौमुल गाउँपालिका–६ सटेडाका गोरे मिजार २०४० सालबाट मदिरा पिउँदै आउनुभएको थियो । मदिरा सेवनकै कारण उनीसंग भएको सबै सम्पत्ती समेत सकियो । श्रीमतिको नाक कानमा भएका गहना समेत बेचेर समेत मदिरा सेवन गरे । उनले भने,‘जब गौमुल गाउँपालिकाले मदिरा व्यवस्थापन गर्ने निति अघि सार्यो त्यो दिनदेखि मदिरा सेवक गर्ने नै छोडे । मदिरा सेवनकै कारण आफु संगै मदिरा सेवन गर्नेकी श्रीमतिले समेत छोडेर गएको घटना उनले सुनाए ।’
‘मदिरा व्यवस्थापन गरेदेखि मिजारले एक महिनासम्म भने मदिरा सेवन कार्ड प्रयोग गरे । तर उनले विस्तारै मदिरा सेवन गर्ने नै त्याग्ने निधो गरे । अहिले मिजारले मदिरा छोडेदेखि न सम्पत्ती नै सिद्धियो न जीवनको नै बर्बात । उनले मदिरा छोडे १ बर्ष पुग्न थालेको बताएका छन् ।’
‘गाउँपालिकाको नितिमा एकजना बराबर १८० एम.एल.मात्र मदिरा पिउन पाउने प्रावधान रहेको छ । गाउँपालिका भरि २९ वटा मदिराका पसल रहेका छन् । जसमा सबै मदिरा पसल गरी १ हजार ३ सय ५४ वटा मदिरा सेवन कार्ड तथा परिचय–पत्र गाउँपालिकाले विक्री गरेको प्रशासन सहायक गणेश रोकायाले बताएका छन् ।’

विस्तारै गाउँपालिकामा मदिरा सेवन गर्नेको संख्या भने घट्दै गएको छ । गाउँपालिकाले लिएको नितिको गाउँमा जनताले स्वागत गरेका छन् । अहिले प्राःय मदिरा सेवन गर्ने व्यतिmहरु क्रमिक मदिरा पिउन छोडिसके घटेको गौमुल गाउँपालिका–२ का भरत धामीले बताएका छन् । उनले,‘भने भने पहिला आफुले मदिरा सेवन गर्ने छोडेकै १५ बर्ष भयो । जब गाउँपालिकाले मदिरा व्यवस्थापन गर्यो झन आफ्नो लागि स्वागत् योग्य नितिका रुपमा लिएका बताए । उनले सुनाए‘ मदिरा सेवनकै कारण आफ्नो न धन र न ज्यान रह्यो । भएभरको सारा सम्पत्ती समेत सकियो ।

‘मदिरा पिउने व्यतिm अहिले गाउँमा भेटिनै छोडेको सोही गाउँपालिका– १ का राम बहादुर रोकायाले बताएका छन् ।’ उनले,‘भने पहिला राती बाहिर निस्कन समेत डर लाग्थ्यो मदिरा सेवन गरेर विभिन्न अश्लिल शब्द सुन्नुपर्थ्यो । घरपरिवार संगै भएको बेला समेत ती आवाजहरु सुन्दा आफुलाई खिन्न लाग्ने गर्थ्यो तर आजकाल गाउँ सुन्दर शान्त रहेको बताए ।

गाउँपालिकाले मदिरा बेलुकी ९ बजेदेखि १० बजे सम्म मात्र पिउने व्यवस्था गरेको छ । जिल्ला बाहिरबाट गएकाले समेत अथिति मदिरा सेवन कार्ड प्रयोग गरेर मात्र मदिरा सेवन गर्नुपर्ने निति समेत बनाएको गाउँपालिकामा यस बर्ष ३ सय ७७ जनाले मदिरा सेवन कार्ड तथा परिचय–पत्र नविकरण गरेका छन् ।
मदिरा बन्द गरिएकोमा गाउँलेहरु धेरै खुसी छन् । खुसी हुनेमा पनि महिला,बालबालिका र बृद्धबृद्धाको संख्या बढी छ । मदिरा पिएर हल्ला गर्ने, एक आपसमा गाली बेइज्जती गर्ने काम पनि बन्द भएको छ । मदिरा व्यवस्थापनको निति अहिले प्रभावकारी हुदैँ गएको एवंम गाउँमा मदिरा खानेको संख्या नै आजकाल भेटिन छोडेको वडा नं.–६ का स्थानीय रजना विकले बताएकी छन् ।
बढ्दो मदिरा सेवनले गाउँमा झै–झगडा बढेको र आपसी द्धन्द्ध सिर्जना हुने अवस्था आउन नदिन मदिरा व्यवस्थित गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । मदिरा व्यवस्थापन संगै महिलाहरु खुसी भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार