शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • पैशा आयो बुढिन्नदा नगरपालिकामा तर सुत्केरीले भत्ता पाएनन्

पैशा आयो बुढिन्नदा नगरपालिकामा तर सुत्केरीले भत्ता पाएनन्

स्वास्थ्य संयोजक र नगरपालिकाकाको चरम लार्पवाही

  • मङ्लबार, भदौ १०, २०७६
पैशा आयो बुढिन्नदा नगरपालिकामा तर सुत्केरीले भत्ता पाएनन्

प्रकाश सिंह
बुढिन्नदा नगरपालिकामा आर्थिक बर्ष ०७५।०७६ मा स्वास्थ्य संस्थामा गर्भचाँच र सुत्केरी गराए बाफतको रकम नपाएको तथ्य बाहिर आएको छ । संस्थामा सुत्केरी गराए बाफत बाजुरामा ३ हजार र नियमित गर्भजाँच बाफत ८ सय गरि एकजनाले ३ हजार ८ सय अनिवार्य पाँउने ब्यबस्था रहेको छ ।
बुढिन्नदा नगरपालिकामा मात्र तिन वटा स्वास्थ्य संस्थामा सुत्केरी गराएकी १ सय ८८ जनाले सुत्केरी भत्ता नपाएको बडिमालिका खबरको खोज बाट भेटिएको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय ३६ जना, पाण्डुसेन स्वास्थ्य चौकिमा ३४ जना र बाधु स्वास्थ्य चौकिमा १८ जनाले प्रोत्साहन भत्ता पाएका छैनन् ।
नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउन र गर्भजाँच गराउन प्रेरित गराउनका लागि प्रोत्साहन भत्ताको अनिवार्य ब्यबस्था गरेको हो । बुढिन्नदा नगरपालिका १ कि बिउरा बोहोराले चैत १ गते पाण्डुसेन स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिईन् । तर अहिले सम्म भत्ता पनि नपाएको वताईन्, उनले भत्ता मात्र नभई नवजात शिशु र आमाका लागि पाँउने भोटो चोलो पनि नपाएको वताए । त्यस्तै वडा नम्बर ८ कि आरती धामिले पनि नपाएको वताईन् । पाण्डुसेन स्वास्थ्य चौकिमा ईन्चार्ज नृपराज गिरीले भने नगरपालिका र स्वास्थ्य संयोजकलाई पटक पटक पैशा दिन भन्यौ, उहाँहरुले माथि बाट नै नआएको भन्दै नदिएको वताए ।
बाजुराको उत्तरी क्षेत्रमा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा सबै भन्दा बढि सुत्केरी हुने संस्था हो । माघ देखी साउन सम्म १ सय ३६ जनाले सुत्केरी सेवा लिएका छन्, कसैले पनि भत्ता नपाएको अनमि देउमा धामिले वताईन् । सुत्केरी भएकै बेला हातमा प्रोत्साहन भत्ता दिने ब्यबस्था हो, तर नभएपछि रित्तो हात घर पठाउने गरेको वताईन् । अर्को सुरक्षित गर्भपतन बाफतको पनि प्रतिब्यक्ति ८ सयका दरले स्वास्थ्य संस्थाले पाउने गरेको छ, त्यो पनि नपाएको वताईन् । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय ५४ जनाले सेवा लिएको तर अहिले सम्म एक पैशा पनि नपाएको प्राथमिक स्वास्थ्य केन्द्रले वताएको छ ।
बुढिन्नदा नगरपालिका स्वास्थ्य संयोजक जशि लुवार भने पैशा कम आएको भनेर दिन नसकेको बताउँछन् । उनलाई ०७५।०७६ मा कति सुत्केरीलाई भत्ता दिन बाकि छ भनेर सोध्दा थाहा छैन्, स्वास्थ्य संस्थालाई सोध्नु पर्छ भने, यो उहाँको गैरजिम्मेवारी जवाफ रहेको छ । जशिका अनुसार १३ लाख ५० हजार मात्र आएको बताएपनि तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझदा भने रकम त्यो भन्दा थप १५ लाख नगरपालिकामा आएको खुलाशा भएको छ । मन्त्रालयका योजना शाखा प्रमुख सुर्य खड्काले भने पहिलो पटक १३ लाख ५० हजार, दास्रो पटक ८ लाख ९० हजार र तेस्रो पटक जेठ १७ गते ८ लाख ९० हजार गरि २८ लाख ५० हजार बुढिन्नदा नगरपालिकालाई पठाएको वताएका छन् । नगरपालिकाले अझै कम भयो भनेर माग गरयो, भने हामी पठाउने थियौ, कुनै जानकारी नआएकाले त्यति रकम मात्र पठाएको वताए । सुत्केरीले पैशा नपाउनु बिडम्बना हो, यो सरासर नगरपालिका र स्वास्थ्य संयोजकको कमजोरी रहेको वताए ।
मन्त्रालय बाट २८ लाख ५० हजार पठाएको भएपनि स्वास्थ्य संयोजक र नगरपालिकाले १३ लाख ५० हजार मात्र आएको भनेर पैशा नदिएको बुझिएको छ । अर्को कुरा त शुदुरपश्चिम सामाजिक तथा प्रदेश मन्त्रालयले असारमा पैशा कम भए माग गर्न स्थानिय तहलाई आग्रह गरेको थियो । तर कसैले माग गरेर पैशा दियौ, त्यति गर्दा पनि २० लाख भन्दा बढि रकम फिर्ता गएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महासाखा प्रमुख दया पन्तले वताए ।
बुढिन्नदा नगरपालिका उपप्रमुख सृष्टि रेग्मि भने आफुहरुलाइ स्वास्थ्य संयोजकले पैशा नआएर नदिएको भनेर बताएको अरु कुनै जानकारी नभएको वताईन् । त्यस्तै नगरपालिका निमित्त प्रशासकिय अधिकृत रामदत्त न्याउपानेले भने आफुहरुलाइ पैशा अपुग मात्र रहेको जानकारी रहेको थप पैशा आए नआएको थाहा नभएको बताए । बास्तबिकता के हो, बुझेर मात्र बताउने वताए ।
त्यस्तै त्रिवेणी नगरपालिकामा ७७ जना, खप्तड छेडेदहमा ३० जना महिलाले नपाएको वताएको छ । मन्त्रालयका योजना शाखा प्रमुख सुर्य खड्काले भने यो पनि नगरपालिकाका कर्मचारीको कमजोरी रहेको वताए । हामीले पटक पटक अपुग भए माग गर्न भनेका हौ वास्ता नगरेको वताए । बाजुराको बुढिगंगा नगरपालिका र बडिमालिकाले माग गरेको थियो, त्यहाँ त पठायौ, अरुले नमागेपछि कहाँ बाट दिने खड्काले वताए । बुढिगंगा नगरपालिकामा बढि भएर ४ लाख फिर्ता नै पठाएको स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् । त्यस्तै बडिमालिका नगरपालिका र हिमाली गाँउपालिकामा सबैले सुत्केरीले भत्ता पाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार