• होमपेज
  • देश
  • ‘विप्लव’ समूहको बन्द : विभिन्न जिल्लामा बम आतंक,कुन जिल्लामा के भयो?

‘विप्लव’ समूहको बन्द : विभिन्न जिल्लामा बम आतंक,कुन जिल्लामा के भयो?

  • सोमवार, जेष्ठ १३, २०७६
‘विप्लव’ समूहको बन्द : विभिन्न जिल्लामा बम आतंक,कुन जिल्लामा के भयो?

काठमाडौं । नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सोमबार विभिन्न जिल्लामा आगजनी तथा बम आतंक सिर्जना गरेको छ।

अहिलेसम्म प्राप्त विवरणअनुसार मकवानपुर, बारा र सुर्खेतमा गाडीमा आगो लगाइएको छ भने देशका दर्जनभन्दा बढी स्थानमा बम तथा विस्फोटक पदार्थ फेला परेका छन्।

नवलपरासीमा गुडिरहेको ट्रकमा बम प्रहार, चालक घाइते
नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा गुहि।डरहेको ट्रकमा पेट्रोल बम प्रहार गरेका छन्।

दाउन्नेबाट नारायणगढतर्फ सिमेन्ट बाकेर आउँदै गरेको लु २ ख १०८ नम्बरको ट्र्कमा अरुणखोलाको जंगलमा सोमबार बिहान २ बजे बम प्रहार गरेको प्रहरीले जनाएको छ।

बम प्रहारबाट ट्रक जलेर नष्ट भएको र चालक दमौलीका ३३ वर्षीय अमर विक भाग्न सफल भएका छन्।

विकको शरीर केहीभाग डढेको अरुणखोला प्रहरी कार्यालयका इन्चार्ज सुन्दर गुरुङले जानकारी दिएका छन। घाइते विकको अहिले अरुणखोलास्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ।

मकवानपुरमा दुई गाडी जलाइयो
मकवानपुरको थाहा नगरपालिकामा सोमबार बिहानै गाडी जलाइएको छ। बन्दका दिन बिहानै ४ बजे थाहा नगरपालिका १ कुन्छालनजिकै ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएको अवस्थामा फेला परेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै मकवानपुरकै हेटौंडामा मिनी ट्रक जलाइएको छ । त्रिभुवन राजपथअन्तर्गत हेटौंडाको चौकीटोलस्थित प्रहरी चौकीनजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको हो। आगोले गाडी पूरै जलेको छ।

सुर्खेतमा यात्रु ओरोलेर बसमा आगो
यस्तै सुर्खेतमा विप्लवका कार्यकर्ताले पूर्वी बसमा आगजनी गरेका छन्। गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बस गोचेखोलामा आइपुगेपछि सोमबार बिहान आगो लगाइएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर बसमा आगो लगाएका हुन्।

आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन्। बस जेलेको ठाउँ नजिकै शंकास्पद वस्तु पनि फेला परेको छ।

बारामा ट्रक जलाइयो
बारामा भारतीय ट्रक जलाइएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३, बजनीमा रोकिराखेको भारतीय लरीमा आगो लगाइएको हो। एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरी नेपाल(भारत पेट्रोलियम पाइपलाइनका लागि पाइप बोकेर आएको थियो।

पोखराका तीन स्थानमा शंकास्पद वस्तु
पोखराको तीन ठाउँमा आज बिहान शंकास्पद वस्तु फेला परेका छन्। सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालयनजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिएका छन।

हेटौंडाको बुद्धचोकमा कुकर बम
सोमबार बिहान हेटौंडाको बुद्धचोकनजिक प्रेसर कुकर बम भेटिएको छ। बम राखेको खबर पाएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएर बम निस्क्रिय बनाएको छ।

तनहुँका दुई ठाउँमा शंकास्पद वस्तु
तनहुँका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छन्। सदरमुकाम दमौलीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ।

मोरङको सुन्दरहरैँचामा बम
यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका ७ ठहियाचोक नजिकै प्रेसर कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

रौतहटमा शंकास्पद वस्तु
पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहापुर चोकमा शंकास्पद वस्तु फेला परेको छ। उक्त वस्तु बम भएको प्रहरीको अनुमान छ। सूचनापछि नेपाली सेनाको डिस्पोजल त्यहाँ पुगेको प्रहरीले जनाएको छ।

भक्तपुरमा शंकास्पद वस्तु
बन्दको दिन बिहानै भक्तपुरको च्यामासिंहमा शंकास्पद वस्तु फेला परेको छ । च्यामासिंहस्थित मालपोत कार्यालय नजिकै सोमबार बिहान पौने ३ बजेतिर प्रहरीको मोबाइल टोलीले शंकास्पद वस्तु फेला पारेको हो ।

सेतो रंगको झोलामा पोको पारिएको अवस्थामा रहेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।

धादिङमा बम
पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंसी पुल बम फेला परेको छ । सोमवार बिहानै फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले चार घण्टापछि निष्क्रिय बनाएको छ। आइतबार राति साढे १ बजेतिर फेला परेको शंकास्पद नेपाली सेनाको टोलीले सोमबार बिहान साढे ५ बजेतिर निष्क्रिय पारेको हो । विष्फोटक पदार्थ गजुरीबाट नेपाली सेनाको टोली निष्क्रिय बनाएको हो।

इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार विष्फोटक पदार्थ सकेट बम रहेको खुलेको छ। धादिङकै नौबिसेमा पनि शंकास्पद वस्तु भेटिएको छ।

बाराको सिमरामा भारतीय ट्रकमा आगजनी !

सिमरा , बारामा अज्ञात समुहले एक लरीमा आगजनी गरेको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आईतबार बिहान रोकिराखेको भारतीय ट्रक लरीमा आगजी गरेको हो ।नेपाल–भारत पेट्रोलियम पाईपलाईन का लागी पाईप बाकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरीमा आगजनी भएको हो ।

आगजनी कसले र किन ग¥यो भन्नेबारे अनुसन्धान भैरहेको बाराका प्रहरी प्रबक्ता रञ्जित सिंह राठोरले जानकारी दिए ।जिल्लाका अन्य स्थानमा भने अवस्था समामान्य रहेको उनले बताए । बिप्लब नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण राजमार्गमा सवारीको चाप न्युन देखिएको छ । यद्यपी प्रहरीले भने बन्दको बेला हुनसक्ने अवांक्षित कृयाकलापलाई मध्येनजर गर्दै जिल्लाको शान्ति शुरक्षा चुस्त बनाईएको बताएको छ ।

त्यस्तै विप्लप नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा आज बिहान हेटौंडाको चौकिटोलमा एउटा गाडीमा आगजनी गरिएको छ ।त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजीकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताए । आगजनीका कारण गाडीका सबै भाग जलेका छन् ।

चर्चामा

सम्बन्धित समाचार