शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला अस्पतालमा बिरामीको चाप

जिल्ला अस्पतालमा बिरामीको चाप

  • शनिबार, साउन ३२, २०७६
जिल्ला अस्पतालमा बिरामीको चाप
जिल्ला अस्पताल बाजुरामा उपचारका लागि लाइन लागेका बिरामीहरु । सगि‌ता तिमिल्सेना

संगीता तिमिल्सेना
बाजुरा ३२ साउन
जिल्ला अस्पताल बाजुरामा बिरामीको चाप बढेको छ । अहिले हरेक दिन अस्पतालमा १ सय बढी बिरामी आउने गरेको जिल्ला अस्पताल बाजुराका डाक्टर लोकेन्द्र नाथले बताएका छन् ।
अहिले जिल्ला अस्पताल बाजुराका डाक्टरहरुलाई खाना खाने समयपनि छैन उनले भने । बिहानैदेखि खटिएर काम गरिरहेका छौ । अझै पनि समयमा बिरामीलाई समयमा उपचार गर्न सकेका छैनौ उनले थपे ।
अस्पतालमा अहिले बढीजसो महिला र बालबालिका आउने गरेको डाक्टरहरु बताउछन् । बिरामीहरु अस्पताल खुल्नु अगाडी नै लाइन लागेर बसेका हुन्छन् । जिल्ला अस्पताल बाजुराामा भिडीयो एक्सरे, अडियो एक्सरे, ल्यावट टेस्ट, एमडिजीपी डाक्टरहरुबाट अप्रेशन लगायतका थुप्रै सेवाहरु प्रदान गरिने भएकाले जिल्लाभरीका बिरामीहरु आउने गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख रोहीत गिरीले बताएका छन् ।
५ दिनदेखि ज्वरो आएको थियो । यो स्थानिय स्वास्थ्य चौकीमा उपचार गरे । सन्चो भएन टाइफाइट हुुने समस्या देखियो । अनि घरबाट ४ घण्टाको बाटो पैदल हिडेर गाडी पुग्ने स्थानसम्म जसोतसो आएर जिल्ला अस्पताल बाजुरामा आएं । बिहान ७ बजे जिल्ला अस्पताल बाजुरामा आएको दिउसो २ बजेसम्म पनि उपचार हुन सकेको छैन खप्तड छेडेदह गाउपालिका ३ गुदुखातीका स्थानिय मन बहादुर धामीले बताए ।
त्यस्तै समस्या वडिमालिका नगरपालिका ३ रजालीकी ४५ वर्षिय किट्टी चंदाराको छ । उनी पनि बिहान १० बजेदेखि जिल्ला अस्पताल बाजुरामा रिर्पोट आउने आशामा कुरिरहेकी थिइन् । उनी छाती र पिसाब पोल्ने समस्याले ग्रसित छिन् । किट्टी सोही रोगको निदानका लागि बिहानै ३ घण्टाको पैदल बाटो हिडेर जिल्ला अस्पतालमा आइन् । डाक्टरहरुले पिसाब र रगत जांच गर्नुपर्ने सुझाव दिए । उनी ल्यावमा गइन त्यहा पनि त्यस्तै भिड थियो । उनले बल्लतल्ल आफ्नो रगत र पिसाब दिइन् । ४ पण्टा भैसक्यो उनको रिपोर्ट आउन हुनत डाक्टरहर पनि सास नफेरी बिरामहिरको उपचारमा व्यस्त थिए । केही समयपछी किट्टी चदाराको को नाम डाक्टरले बोलाए । उनी खुसी हुंदै रिर्पोट लिएर हतार हतार औषधि लिन गइन् ।
यस्तै समस्या हरेक अपस्तालमा आउने बिरामीहरुको रहेको छ । बिहानैदेखि अस्पताल बाजुरामा आउछन् । करिब ५÷७ घण्टा कुरेपछि उपचार गर्नपाउने अवस्था रहेको डाक्टर लोकेन्द्र नाथले बताए । अहिले खास गरी अस्पतालमा झाडापखाला, आउं, टाइफाइड, गाष्टिक, पिसाबमा समसया भएका बिरामीहरु आउने गरेका े अर्का डाकटर राजुराज जैशीले बताए ।
उनले भने हामीले सकेजती लागेर बिरामी उपचार गरिरहेका छौ तैपनी बिरामीहरुको चाप बढेको छ । यो मोसम नै यस्तै हो उनले भने ।
अस्पतालका प्रमुख डाक्टर रोहित गिरीले भने यो सामान्य हो । यो मौसममा बढी बिरामी आउने नै गर्दछन् । हामीले आफ्नो समय अनुसार उपचार गररहेका छौं ।

चर्चामा

सम्बन्धित समाचार