शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविता “कति गर्छौ बलत्कार ”

कविता “कति गर्छौ बलत्कार ”

  • बुधबार, साउन २९, २०७६
कविता “कति गर्छौ बलत्कार ”

सोच्ने गर्छु आज
किन यति धेरै बलत्कारी बढे
आफ्नै हजुरबा ,बुवा, काका
मामा ,दाई, शिक्षक
सबै सबैसँग धेरै डराउनु पर्ने भएको छ
ठुलालाई मात्रै हैन अब त
सानो दुधे बालिकालाई नि डर भो
यो समाजमा कतै पनि मानवता भएन
त्यो माथि छोरीलाई त त्यसै पनि पीरै पीर थियो

आज झन झन डर त्रास चुलिदै गएको छ
जन्मनु अघिबाट डरले सताउछ
र मर्दा सम्म पनि डरले सताईनै रहन्छ
त्यसैले डर त्रासले युगौ युग सम्म
यस समादमा जरो गाढी बसिरहन्छ

हो आफ्नै घरमा
बुवाबाट छोरी बलत्कृत भएको समचारआउँछ
शिक्षकद्वारा यति बर्षे बालिका बलत्कृत भन्ने सुनिन्छ
को को सँग डराउने हामी नारीहरु अझै यो समाजमा
बलत्कारी दिनदिनै बढी रहेका छन
तर सरकार उसैको पछी पछी छ
निर्मला जस्ता कैयौ बालिका बलत्कृत छन
तर एउटा घटनाले पार होईन
त्यस्ता घटना आज पचाशौँ घटीरहेछन
घटनाको सत्य तथ्य थाहा हुँदाहुदै पनि
केहि गर्न नसक्ने पुलिस प्रशासन र सरकार
धन्य हौ तिमीहरु
देशको बागडोर सम्हाल्नेहरु
ए नालायकी पन किन देखाउछौ
भो अब बन्द गर
जनप्रतिनिधी हौँ भन्न
जनताको नाममा शफथ खान

आज घरबाट
बहिनि बाहिर जादा
उसलाई रोक्नु पर्ने भाको छ
आफैलाई बाहिर निस्किन डराउनु पर्ने भो
अझै कति यस्तै अन्याय सहनु पर्ने
हामी छोरीचेलीले
भन्दे सरकार
बस एक पटक
मात्र एकपटक
खै न्याय
हजारौँ बलत्कृत निर्मलाका लागि
न्याय दिनु के सरकारको उत्तरदाहित्व हैन

पशुहरु हो ,यति मात्र बुझ
नालायकीपन कति देखाउछौ
समाजमा अब त
बृद्ध बालिका सबैलाई डर भो
यौन पिपाशु नर पशुहरु
किन बुझ्दैनौ
ति सबै आफ्नै आमा दिदिबहिनी हुन
दया माया करुणा भावना छैन तिमीहरुमा
सक्छौ भने नारीको इज्जत गर्नु
सक्दैनौ भने के नै गर्नु छ र
मानिस भएर पशु सरह किन बन्छौ
ए नर पिचास
तिमीहरुलाई अब बदल्नु छ
र समाज परिवर्तन हुनेछ
नारी शुरक्षित हुने छे
यो समाज घिनौना व्यहारबाट शुरक्षित हुनेछ
हैन भने बारम्बार तिमीबाट
बलत्कार भैरहने छे
तिमी पनि दिनानु दिन
एक पछी अर्को गर्दै
बलत्कार गरिरहने छौ

नाम:-भावना घिमिरे जन्म:- :- सप्तरी जिल्ला अग्निसाईर कृष्णसवरन गाउँपालिका सितापुर गाँउ वडा नम्बर २

हाल :- बागमती अंचल काठ्माण्डौ जिल्ला तारकेश्वर नगरपालिका गाँउ:-गोलढुंगा वडा नम्बर :५ प्रदेश ३

रुचि साहित्य अध्ययन र लेखन साथै साहित्यको निरन्तर सेवा साहित्यिक लेखनको विधा गजल,मुक्तक र गध्य कविता

शिक्षा:- स्नातक तह तेस्रो वर्ष

चर्चामा

सम्बन्धित समाचार