बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • पर्यटन
  • पर्यटक तान्दै साहसि खेल जिप लाइन

पर्यटक तान्दै साहसि खेल जिप लाइन

  • मङ्लबार, साउन २८, २०७६
पर्यटक तान्दै साहसि खेल जिप लाइन

प्रकाश सिंह
धुलिखेल, २८ साउन । काभ्रेमा सञ्चालनमा रहेको साहसि खेल जिपलाइन  -ZIPLINE) खेल पर्यटक प्रति आर्कषण बढाएको छ । ०७५ माघ महिनाबाट सञ्चालनमा आएको जिपलाइन धुलिखेलमा पर्यटकलाइ रमाउने मुख्य भएको छ ।
निकै साहसी खेलका रुपमा लिइने जीपलाई गर्न दैनिक २५ जना भन्दा बढी आउने गरेका छन् । सनीवारको दिन र बिदाको दिनमा अझै बढी आउने गरेका छन् । बल्ड वाइड एड्भेन्चर प्रा.लि. सञ्चालन गरेको जिपलाईनमा ११ सय मिटर दुरिमा रहेको छ । यसमा कलासिक, सुपर मेन र टयान्डम कपल गरि तिन वटा खेल रहेका छन् । धादिङ्गबाट यो खेल्नलाई पुगेकी सरिता श्रेष्ठले भनिन्, यो जीपलाइन खेल्दा निकै रमाइलो लागेको वताईन् । हाम्रो देशमा अन्य ठाँउमा यसलाई पनि बिकास गरेको भए पर्यटन बढने रहेको वताईन् ।
कलासिक खेलको नेपालीलाई २५ सय सार्क देशलाई ३० रुपैया डलर र अन्य देशको नागरिकलाई ३५ डलर रहेको बल्ड वाइड एडभेन्चर प्रा.लिका मिडिया कन्सलटेन्ट बिष्णु कान्त घिमिरले वताएका छन् ।सुपरम्यान जिपलाइनलाई नेपालीलाई ३५ सय, सार्क देशका नागरिकलाइ ४० डलर र अन्य देशका नागरिकलाई ४५ डलर रहेको छ । टेन्डम जिपलाइनलाई नेपालीलाई ४५ सय सार्क देशका नागरिकलाई ५० डलर र अन्य देशका नागरिकलाइ ६० डलर शुल्क रहेको घिमिरेले वताए ।


जिपलाइने शुरु गर्ने कार्भेको धुलिखेल नगरपालिका ८ थाक्लेडाँडा देखि पाचखाल नगरपालिका ५ खावा सम्म ११ सय मिटर रहेको छ । यसको भर्टिकल ड्रप दुई सय ४० फिट रहेको छ । व्यक्तिको तौल, हावाको गति र बहाव अनुसार औसत समय १ मिनेट २० सेकण्ड लाग्ने गरेको छ । जिपलाइन ६० किलोमीटर देखि अधिकतम ९५ किलोमीटर प्रति घण्टाको गतिमा खेल्न गरेका छन् । यो खेल्नलाई १६ बर्ष पुगेको हुनु पर्ने त्यो भन्दा तल १३ बर्ष देखी १५ बर्षकोले अभिभाबकको अनुमति लिनु पर्ने रहेको छ ।
जिपलाइन बाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमालको दृश्यावलोकन गर्न सकिने रहेको जिपलाइन खेल्न पुगेका कैलालिका तेजराज भट्टले वताएका छन् । शुरुमा केही अफ्ठयारो लागेतापनि खेल्न शुरु गरेपछि भने सारै रमाइलो हुने गरेको उनले वताए ।
कम्पनिले खावास्थित ‘ल्यान्डिङ स्टेसन’ मा करिब २० रोपनी क्षेत्रफलमा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क निर्माण गरेको छ । ७ करोड रुपैयामा लाग्ने अनुमान गरिएको परियोजनामा अहिले सम्म ५ करोड खर्च भइसकेको कम्पनीका अध्यक्ष केदार थापाले वताएका छन् । पोखरा यो भन्दा पहिला सञ्चालनमा भएपनि तर यो जिपलाइन खेल भने नेपालमै पहिलो पटक रहेको थापाले थपे ।युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित भइ अष्ट्रिया र भारतीय प्रविधिमा निर्माण गरिएको सञ्चालकले वताएको छ । यो खेल्नेको नेपाल सरकारको मापदण्ड अनुसार ५ लाख बराबरको बिमा समेत गर्ने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार