विकशित मुलुकमा जनता सुखि देश समृद्द बनाउन पद्दतिको विकास गरेर जनजिविकाको सवाल प्रति राज्य सदैव सम्वेदनशिल हुन्छ,। विभेद, शोषण र भ्रस्टाचार शून्य हुन्छ भने अविकशित मुलुकमा पँहुचमा पुगेका मानिसहरूको मात्र सुख सुविधा र समृद्दिको वातावरण सृजित भयको हुन्छ । जन्तालाई गुमराहमा पादैं सोझा सर्वसाधारण ब्यक्तिको नाममा टाठा बाठा ब्यक्तिले कमाई खाने साधनको रूपमा स्रोत र साधनहरूलाई प्रयोग गरि रहेका हुन्छन् । आज विज्ञान प्रविधिले विश्व नै एक परिवार भएको समयमा २१ औँ शताब्दिका नयाँ पिढिले कुनै खालको दासत्व सहन सक्तैनन् र रूपान्तरित समृद्ध समाजको यात्रामा राष्ट्रको भलाईका लागि आफुलाई सधै समर्पित गनें छन् ।
प्राकृतिक स्रोत तथा उत्पादनका धेरै सम्भावनाहरू बाजुरा जिल्लामा भएता पनि विगतमा यश जिल्लालाई विकट तथा मानव सुचाङ्कमा नेपालको अन्तिम जिल्लाको रूपमा चिनिन्थ्यो । पहाडिर हिमालि क्षेत्र भएकोले यश जिल्लाबाट बाख्रा, कुखुरा, राँगा, बोका, बुगुर पालन गरेर मासु उत्पादन तथा नियांत गनं सकिन्छ । यस जिल्लामा तरकारि खेति,जडिबुटि खेतिर प्रशोधन केन्द्र, नगदेवाली धान, मकै, कोदो, फापर, कागुनु, झुमरा, बेथे, जौ जस्ता अगांनिक खेतिले आत्म निभंर तथा नियांत गनं सक्ने ठाउँहरू प्रशस्त रहेका छन् । कर्णाली नदिमा १ हजार मेघावाट, बुढिगँगा नदिमा ११ मेघावाट तथा अन्य खोलाहरूमा ४÷५ सय किलोवाट विद्घुत उत्पादनहुने ठाउँहरू प्रशस्त छन् । साथै यस जिल्लामा रहेका खप्तड, वडिमालिका, बुढिनन्दामाई, छेडेदह जस्ता धामिंक तथा पयंटकिय क्षेत्रपनि सम्भावनाका स्रोतहरू छन् । यतिमात्र नभै हाल बाजुरा जिल्ला जैतुनको जिल्लाको रूपमा पनि चिनिएको छ ।
१५÷२० वषं पहिलाको कुरा हो युरोपियन पयंटक प्लेनयात्राका लागि बाजुराको कोल्टि हुँदै मुगु जिल्लाको रारा जाने क्रममा यस क्षेत्रमा जँगली जैतुनको रूखलाई दाउरा जथाभावि काटिरहेका स्थानियवासिलाई यसको महत्व थाहा नभएको महशुस देखेर विदेशिले चाँसोको विषय बनाएका थिए । तत्पश्चात इटलिबाट आएर जनप्रकास मावि कोल्टिमा परिक्षण स्वरूप २८ प्रजातिका ६०० बिरुवा हुकांउनुकासाथै पानिबाट चल्ने मिल निमांण भएको थियो । जन प्रकास माविमा हुकांएको बिरूवाले परिक्षण सफल भएको आभास भएको थियो। दुभांग्यवश बाढिले उक्त मिल बगाएकोले केवल परिक्षणमात्र भएको थियो । त्यस क्षेत्रमा सामान्य जनचेतना फैलिएकाले स्थानियले आ आफ्ना जैतुन फमं निमांणगनें बिरुवा विस्तार तथा त्यस क्षेत्रमा रहेको जङ्गलि जैतुनलाई सँरक्षण गनं थाले । सन २००७ मा नेपाल सरकारको पहलमा डोल्पा, मकवानपुर, कितिंपुर लगाएत आठ जिल्लामा १ मिलिएन डलर बजेटमा तीन वषें कायंक्रम र ँब्इ को ६ लाख डलर विनियोजन गरि अन्य जिल्लाका साथै बाजुरा जिल्लालाई मुख्य जिल्लाको रूपमा अघि बढाईएको थियो। प्रधानमन्त्रि कृषि आधुनिकरण एएब्ःए माफंत थुप्रै बजेट विनियोजन भएर बिरुवा उत्पादन र विस्तार भै रहेको छ । जनप्रकास माविमा अलपत्र अवस्थामा रहेको ६ सय विरूवाको वाषिंक ४ लाख विद्यालयलाई तिनें गरि लिजमा लिएर सफल पानें योजना थालिएको छ । २०७० ताका करिव ७०÷७५ करोड लागत अनुमानमा १० वषिंय कायंविधि निमांणगरि सरकारि तथा गैर सरकारी निकायमा बजेटका लागि प्रयास गरिएको थियो । बाजुरा कोल्टी मटेलामा करिव ४० लाख लागतको जैतुन बिरुवा उत्पादन तथा वितरण गरेको थियो । २०७३ सालमा ईन्डियाबाट साढे चार हजार बिरुवा त्यसै क्षेत्रका लागि ल्याएका थिए । २०६८ सालमा उद्योग विभागमा दतां भएको बाजुराको कोल्टिमा अवस्थित हिमालयन अगेंनिक जैतुन फमं रिसचं सेन्टर नरेश शाहि, …..चौलागाई, महेश शाहि, जनेश भण्डारी, विज्ञ बुद्धि ढकाल लगाएत ९ सदस्यिय रिसर्च सेन्टरले पनि केही रकम जिल्लामा ल्याएर काम गदैं आएको छ । हाल आएर जुकोटमा समाजसेवि महेन्द्र शाहिले ९०० बिरुवा रोपेर आफ्नो फर्म बनाएका छन् । हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लको पहलमा रूगिनमा करिव २ हजार बिरुवा रोपिएका छन् ।
सामाजिक अगुवा महेश शाहिले ल्याएको ३० लाखको मेशिन दानसाँगुमा अलपत्र भएर खेर जानू, विभिन्न फमं समूह माफंत केही ब्यक्तिले ५÷७ लाख फाईदा लिएर ब्यक्तिगत लाभमा जैतुनलाई प्रयोग गर्नुले सानो प्रयासबाट धेरै उपलब्धि हाँसिल गर्ने बाजुरावासिको अवशरमा बाधा पर्न गएको छ । बाजुरा जिल्ला र गरिव जनताको भविश्य सँग जोडिएको जैतुन खेतकिो सफलताका लागि बाजुरावासी सजग हुनुका साथै कुनै आग्रह पुर्वाग्रह नगरेर बाजुरा जिल्ला नेपाल र अन्य देशका लागि पनि स्रोत केन्द्रको रूपमा स्थापित गर्न आ आफ्नो क्षेत्रबाट पहल गर्नुं पर्दछ ।
हाल सबै क्षेत्रबाट तत्काल गर्नुपनें मुख्य काम
१.जैतुन बिरुवा उत्पादन स्रोतकेन्द्र स्थापना गर्नु ।
२. जैतुन तेल प्रशोधन गनें मिल स्थापना गर्नु ।
उत्पादित जैतुनबाट तेल प्रशोधन गनंका लागि मिल, भवन, जग्गा ब्यवस्थापन गनंका लागि स्थानिय तवर बाट करिव ५० लाख र जैतुन जोन परियोजनाबाट उपलब्ध हुन सक्ने ५० लाखबाट पिपलडालिमा भएको भवन ढलान ब्यवस्थित गराएर इटाली संग समन्वय गरि मिल स्थापना गर्नसके हाल स्थानिय क्षेत्रमा उपलब्ध जैतुनबाट तेल निकालेर प्रयासरत फर्म ब्यक्तिहरूलाई थप उर्जा मिल्ने भएकाले सम्पुर्ण निकायले एक्यबद्धता जाहेर गर्न आवश्यक छ ।
लेखक तिमिल्सेना बुद्धीजिवी परिषद बाजुराका हुन ।
9745009970
[email protected]