शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • एलर्जीबाट जाेगीन कस्ता खानेकुरा खानु हुदैन ? जान्नुहाेस्

एलर्जीबाट जाेगीन कस्ता खानेकुरा खानु हुदैन ? जान्नुहाेस्

  • आइतवार, साउन २६, २०७६
एलर्जीबाट जाेगीन कस्ता खानेकुरा खानु हुदैन ? जान्नुहाेस्

फुड एलर्जी साधारणतया बच्चामा धेरै हुने गर्छ। जुनसुकै उमेर समुह तथा जो कसैलाई हुन सक्ने यस्तो समस्या ४० वर्ष भन्दा कम उमेर समूहका मानिसलाई बढी हुने गर्छ।

फुड एलर्जी भएमा कसैलाई भण्टाका कारण एलर्जी हुने गर्छ भने कसैलाई अण्डाको एलर्जी हुने गर्छ। एलर्जी भएमा पेट फुल्ने, पेट दुख्ने, वाकवाकी ,वाग्ने, वान्त हुने, दिशा लाग्ने, शरीरमा विमिरा आउने, फोका आउने गर्दछ।

यस्ता समस्या कसैमा २-४ मिनेटसम्म रहन्छ भने कसैलाई दुई-चार घण्टा सम्म पनि भइरहन सक्छ ।

किन हुन्छ फुड एलर्जी ?

जब व्यक्तिको शरीर खानाप्रति बढी कि्रयाशील हुन्छ, त्यतिबेला फुड एलर्जीको समस्या पैदा हुने गर्छ । यति सम्मकी कहिलेकाही प्रोटिनयुक्त खानेकुरा पनि शरीरका लागि हानीकारक हुने गर्छ ।

मानव शरीरको पाचन तन्त्रमा इम्युन सिस्टम हुन्छ, जसलाई इम्युनोग्लोविन ‘ई’ भन्ने गरिन्छ। यसले शरीरमा एलर्जी गराउने कारकतत्व विरुद्ध लड्ने गर्छ ।

के हो फुड एलर्जी ?

हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले भाइरस, वैक्टेरिया, लगायतका विषादीसित लड्छ। केही व्यक्तिको रोग प्रतिरोगात्मक सिस्टमले त्यस्ता पदार्थ प्रति पनि प्रतिकि्रया जनाउँछ, जसले शरीरलाई खासै हानी गर्दैन ।

एलर्जिक प्रतिकि्रयाका दौरान रोग प्रतिरोधात्मक क्षमताले लिम्फोसाइड अधिक सकि्रय बनाउँछ, जसलाई टी सेल र बी सेल भनिन्छ ।

टी सेल र बी सेलले शरीरमा एन्टीबडी बनाउँछ । यसले बाहिरी तत्वलाई नष्ट गर्छ । तर जो व्यक्तिलाई खानाको एलर्जी छ, उनीहरुको शरीरले कुनै विशेष पर्दाथ माथि एन्टी बडिज इमोनोग्लोव्युलिन ‘ई’ तथा एक रसायन हिस्टामिन बनाउँछ । जुन कोषिकामा यो उत्पन्न हुन्छ, त्यहाँ सम्बन्धित खानाको एलर्जीको लक्षण देखिन थाल्छ ।

खानाको एलर्जी प्रति शरीरले दुई तरीकाबाट प्रतिकि्रया जनाउँछ, फुड एलर्जी तथा अपच । कयौ खाना यस्ता हुन्छ, जसलाई हाम्रो शरीरले सजिलै पचाउन सक्दैन । जस्तै दूध । दूधलाई हाम्रो शरीरले सजिलै पचाउन सक्दैन जसका कारण अपच हुने वा पखाला हुने गर्छ । यस्ता एलर्जी गम्भीर हुनुका साथै शरीरका लासगि जोखिमपूर्ण हुनसक्छ ।

फुड एलर्जीका लक्षण

१. चिलाउने

२. आँखा, ओठ , अनुहार तथा घाटीमा सुजन हुने

३. पखाला

४. सास लिनमा समस्या उत्पन्न हुने

५. मुटुको धड्कन बढ्ने

एलर्जी गराउने खाद्य पदार्थ

१. गाईकेा दूध वा अन्य दूग्धजन्य उपात्दन

२. ग्लुटेनयुक्त गहु लगायतका उत्पादन

३. बदाम

४. अण्डा

५. सोयाविन

६. मकैको सेवन

७. माछा

एलर्जन खानामा पाइने त्यस्तो तत्व हो, जसले एलर्जीको समस्यालाई बढाइदिन्छ । साधारणतया ग्लूटेनयुक्त खानेकुराको सेवनले एलर्जी हुने गर्छ। कयौं मानिसलाई भण्डा, अण्डा, कर्कला, भिण्डी, मेवा, फर्सीका कारण पनि एलर्जी हुनसक्छ । एलर्जी भएमा चिकित्सकलाई जाच गराउनु आवश्यक छ ।

थप जानकारीः

बच्चामा खानेकुराको एलर्जी

के तपाईंको बच्चालाई कुनै खाने कुरा दिँदा चिलाउने डाबर आएको छ? खाने कुराले गर्दा सास फेर्न गाह्रो हुने वा बेहोस हुने जस्ता गम्भीर समस्या देखिएको छ? अनि तपाईंले कुनै खानेकुरा एलर्जी हुन्छ भनेर बार्ने गर्नु भएको छ?

धेरै जसो मानिसमा एलर्जी हुने खानेकुरामा बदाम पर्छ। त्यस्तै दूध वा दूधबाट बन्ने परिकारले पनि बच्चाहरुमा एलर्जी हुनसक्छ। अन्डा, माछा, मासु, गहुँ, भटमास आदि साधारणतया एलर्जी गराउने खानेकुरामा पर्छन्। कतिपय तयारी खानेकुरामा भएको कुनै पदार्थको एलर्जी भएर त्यो खाना खाने बित्तिकै असर देखिने पनि हुन्छ।

बच्चामा कुन कुन खाने कुराले एलर्जी गर्छ भन्ने थाहा भयो भने साबधानी अपनाउन सकिन्छ। त्यस्तै एलर्जी भइहालेमा के गर्ने भन्ने थाहा पाउनु पर्छ। एलर्जी हुने खाने कुरा हटाएर बच्चाको पोषण कसरी सन्तुलित बनाउने भन्ने कुरामा पनि त्यसले सहयोग गर्छ।

खानेकुराको एलर्जी धेरै जनालाई हुन्छ। अमेरिकाको तथ्यांक हेर्ने हो भने अठार वर्ष मुनिका प्रत्येक तेह्र जना बालबालिकामध्ये एक जनालाई कुनै न कुनै खानेकुराको एलर्जी देखिएको थियो। बयस्कको तुलनामा बच्चाहरुमा एलर्जी बढी देखिन्छ।

खाना वा कुनै कुराको एलर्जी हुनु भनेको शरीरको प्रतिरक्षा प्रणालीले उक्त पदार्थलाई किटाणु जस्तै बाहिरी वस्तु ठानेर त्यस बिरुद्द अस्वाभाविक प्रतिक्रिया दिनु हो। तर उक्त प्रतिक्रियाले गर्दा आफ्नै शरीरलाई नै हानी पुग्दछ। उदाहरणका लागि, तपाईंको हातमा एउटा झिंगा बस्यो भने स्वाभाविक रुपमा तपाईं अर्को हातले हानेर भगाउन खोज्नु हुन्छ।

मानौं तपाईंले त्यो झिंगा मार्न चक्कुले हातमा बसिराखेको झिँगामाथि प्रहार गर्नुभयो। त्यस्तो अस्वाभाविक प्रतिक्रियले तपाईंको हातमा चोट पुग्छ। कुनै खानेकुरा खाँदा शरीरले विभिन्न लक्षण आउने गरी अस्वाभाविक प्रतिक्रिया गर्‍यो भने त्यो खानेकुरासँग एलर्जी रहेछ भन्ने बुझ्नुपर्छ।

एलर्जी हुने खाने कुरा जब अर्को पटक शरीरमा पुग्छ, पहिलो पटक खाँदा शरीरले बनाइ राखेको बिशेष प्रकारको एन्टीबडी तुरुन्तै सक्रिय भैइहाल्छ। त्यो खानेकुरा आफ्नो शत्रु हो जस्तो गरी शरीरले प्रतिक्रिया स्वरूप ‘हिस्टामिन’ नामको रसायन निकाल्छ जसले गर्दा विभिन्न खालका असर देखिन्छ। त्यस्तो असर खाना खाँदा वा कहिलेकाँही खानाले छुँदा वा सुंग्धा मात्रै पनि ५ मिनेट देखि एक घण्टा भित्रमा देखिन्छ।

एलर्जीका लक्षणहरु साधारणदेखि गम्भीरसम्म हुन्छन् र व्यक्ति व्यक्तिमा फरक हुन सक्छन्। एउटा व्यक्तिमा पनि एउटै खानेकुराको एलर्जीको लक्षण फरक फरक हुन सक्छ।

छालामा चिलाउने राता उठेका डाबर देखिनु एलर्जी हुँदा सबैभन्दा सामान्य र धेरै देखिने लक्षण हो। कहिलेकाही डाबरसँगै ओठ, जिब्रो, हात, खुट्टा सुन्निने, पेट दुख्ने, वान्ता हुने, पखाला लाग्ने पनि हुन्छ। स्वसप्रस्वासमा असर गर्दा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, घ्यार-घ्यार हुनेहुन्छ। आँखा रातो हुने र चिलाउने, नाक बग्ने, घाटी खसखस हुने पनि एलर्जी कै लक्षण हुन्।

यी साधारण असरबाहेक कहिलेकाही बेहोस भएर ढल्ने, सास फेर्न गाह्रो हुने, सास फेर्दा आवाज आउने, सुन्निने, रक्तचाप कम हुने जस्ता गम्भीर असर पनि देखिन्छन् ‘येनाफाईल्याक्सिस’ भनिने एस्तो गम्भीर खालको एलर्जीको तुरुन्तै उपयुक्त उपचार गर्न नसक्दा ज्यान पनि जान सक्छ।

कुनै खानेकुरा खाएपछि देखिने असर सबै एलर्जी नै हो भन्न पनि मिल्दैन। कहिलेकाँही विषाक्त खानेकुराले ज्वरो आउने, झाडा पखाला हुने, पेट फुल्ने जस्ता लक्षण देखिन्छन् भने कहिलेकाँही पेट पोल्ने वा ढुस्स हुने, बढी पाद आउने, दिसा पातलो वा नपचे जस्तो हुने हुन्छ। यी प्रतिरक्षा प्रणालीसंग सम्बन्धित हुदैनन् र धेरै जसो घातक पनि हुदैनन्।

यदि तपाईंलाई आफ्नो बच्चाको कुनै खानेकुरासंग एलर्जी छ जस्तो लाग्छ भने डाक्टरसँग सम्पर्क गर्नुहोस्। डाक्टरसँगको भेटमा बच्चालाई कुन कुन खानेकुरा दिदाँ कति बेरपछि र कति पटक कस्तो खालको लक्षण देखिएको हो र सकेसम्म त्यो खानेकुरामा के के कुरा मिसाइएको छ भन्ने विवरणसहितको डायरी साथमा भयो भने समस्या पत्ता लगाउन सजिलो हुन्छ।

परिवारमा कसैलाई कुनै खालको एलर्जी छ भने बच्चाको उक्त लक्षण एलर्जी हुने सम्भावना बढी हुन्छ। डाक्टरले तपाईंको बच्चामा देखिएको लक्षण खानेकुराको एलर्जी नै हो वा अरु केही हो भनेर पत्ता लगाउन थप जाँच गर्न सक्छन्।

एलर्जीको लागि गर्न सकिने बिशेष जाँच भनेको छालामा सम्भावित एलर्जी गराउने कुराको प्रवेश गराउदा कत्रो डाबर आउँछ भनेर हेर्ने परीक्षण हो। यो भन्दा अलि कम प्रभावकारी जाँच चाहिँ रगतमा एलर्जी गराउने शंकास्पद खाना बिरुद्द शरीरले बनाएको बिशेष खालको रसायनको मात्रा परिक्षण गर्नु हो।

यी जाँचहरु महँगा मात्र हैन, नेपालमा सजिलै उपलब्ध पनि छैनन्। अर्को कुरा एलर्जी हुन सक्ने खानेकुरा चिन्न केही सहयोगी भए पनि यी जाँच धेरै उपयोगी नहुन पनि सक्छन् र एसको सहि विश्लेषण गर्न र उपचारमा सहयोगी हुनको लागि यसको नतिजालाई लक्षणसंग तुलना गरेर हेर्नुपर्ने हुन्छ।

एलर्जीका विज्ञहरुले उपयुक्त स्थानमा होशियारी पूर्वक एलर्जी हुने शंका भएको खानेकुरा खुवाएर लक्षण देखिन्छ कि देखिदैन भनेर हेर्ने गर्छन्। यो बिधि कहिलेकाँही कुनै खाने कुराको एलर्जी छ छैन भनेर पत्ता लगाउन प्रयोग गरिए पनि धेरै जसो एलर्जी छ भनेर चिनिएको खानेकुरामा अझैसम्म एलर्जी हुन्छ की हुन्न भनेर पत्ता लगाउन प्रयोग गरिन्छ। किनकि कहिलेकाही एलर्जी हराएर पनि जाने हुन्छ।

खानेकुराको एलर्जी पूर्णतया निको पार्ने कुनै औषधि हुंदैन। यदि कुनै खानेकुराको एलर्जी छ भन्ने निर्क्योल भएमा त्यसलाई पूर्णरुपले बार्नु नै यसको समाधान हो। तर एलर्जीको लक्षण औषधी प्रयोग गरेर नियन्त्रण गर्न भने सकिन्छ। यसको लागि डाक्टरको सल्लाहमा औषधी खुवाउनु पर्छ। साधारण लक्षणहरु केही दिनमा हराएर जान्छन्।

गम्भीर प्रकारको एलर्जीको लागि भने सुइबाट औषधी दिनुपर्ने हुन्छ। यस्ता लक्षण देखियो भने तुरुन्त अस्पताल लैजानु पर्छ। येड्रीनालिन नामको औषधि बिरामी, अभिभावक वा शिक्षक आफैंले प्रयोग गर्न सक्ने खालको सुइमा पनि आउँछ जुन गम्भीर एलर्जी हुने बिरामीलाई कहिले र कसरी प्रयोग गर्ने भनेर डाक्टरले सिकाए बमोजिम प्रयोग गर्नु पर्ने हुन्छ।

त्यस्तो अवस्थामा तुरुन्त उपचार नगरे ज्यान जान सक्ने भएकोले आफैंले उक्त औषधि लगाएर तुरुन्त अस्पताल लैजानु पर्छ। दुर्भाग्यवश त्यस्तो सुविधा नेपालमा सहज छैन। कम्तिमा चारदेखि छ घण्टासम्म त्यस्ता बिरामी स्वास्थ्यकर्मीको निगरानीमा हुन जरुरी छ किनकि लक्षण फेरि पनि देखिन सक्छ।

कुनै खानेकुराको गम्भीर एलर्जी पहिला भएको छ भने उक्त कुरा खुल्ने खालको कार्ड वा ब्रासलेट साथमा राखिदिनु पर्छ र घर बाहिर खाना खानु पर्ने भएमा खाना बनाउने ठाउँमा कुन कुन कुराको एलर्जी छ भन्ने जानकारी दिन जरुरी हुन्छ।

खानेकुराको एलर्जी साधारणदेखि प्राणघातकसम्म हुने भएकाले तपाईं वा बच्चालाई यस्तो एलर्जी छ भने डाक्टरसँग सल्लाह गरेर उपयुक्त योजना बनाउन र त्यसमा अडिग रहन निकै महत्वपुर्ण हुन्छ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

चर्चामा

सम्बन्धित समाचार