बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • महिलाको मन जितेका प्रहरी प्रमुख

महिलाको मन जितेका प्रहरी प्रमुख

शान्त बनेको बाजुरा

  • बुधबार, साउन २२, २०७६
महिलाको मन जितेका प्रहरी प्रमुख
गाजा फडानी गर्दै बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिहं भाट फोटो : कृष्ण आेली 

कृष्ण ओली, बाजुरा
कोर्धकी देउमा बडुवालले प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटको नाम मात्र सुनेकी छन् । भेट भएको छैन् । तर प्रत्यक्ष भेट्ने उनको धोका छ । भेट्ने मात्र रहर छैन् दुबो र माला लगाउने धोको बडुवालको छ । माला लगाउने इच्छा आफ्नो निकट भएर होइन् उनको कामको सम्मानका लागि लागि हो भन्छन्, काम प्रति बडुवालले खुलेरै पंशसा गर्ने गरेकी छन् ।


रेडियोबाट प्रहरीले सुरु गरेका गतिविधी बारे बडुवालले जानकारी पाउँछिन् । गाउँमा मदिरा रोकिएको, घरेलु मदिरा उत्पादन गर्न बन्द भएकोमा बडुवाल जस्तै धेरै महिला खुसी छन् । जब गाउँमा मदिरा रोकियो, राती १० बजेपछि हल्ला गर्नेहरु हराएका मात्र छैनन्, घर भित्रको वातावरण पनि शान्त बनेको छ ।
यसमा बडुवाल जस्तै जिल्लाका अधिकांश महिलाहरु खुसी छन् । बडुवालको घरमा पनि मदिराकै कारण झगडा नभएको र पारिवारीक रुपमा शान्त बनेको महिनै बितिसकेको छ । प्रहरी नजिक जान डराउने महिलाहरुलाई प्रहरी गाउँमा पुग्दा साहस बढ्ने गरेको भन्छन्, यहाँका महिलाहरु । हल्लीएर बजारमा हिँड्नेहरु, गाडीमा यात्रा गर्दा मदिराको तालमा मात्तीनेहरु सबै हराएको भन्छन् चौराटाकी जुना विक । श्रीमान छोराहरु सबैको अवस्था उस्तै थियो । राती १० बजेपछि घर आउँने हरेक बाहनामा झगडा हुन्थ्यो, डिएस्पी आएपछि सुखका दिन फर्किएको जुनाको भनाई छ । दिनभरीको कामको थकाई, रातभरी जड्याको कचकच हन्थ्यो, ५।६ महिना भयो सबै हटेको खुसी हुँदै जुनाले भनिन् ।
भाटले नेतृृत्व सम्हालेपछि महिलाहरु बढी खुसी छन् । जिल्लामा शान्ति सुरक्षाको अवस्थामा निकै सुधार आएको छ । प्रहरी, प्रशासन र राज्य भएको जस्तो अनुभुत गराउने काम गरेको भन्छन् आटीचौरका खगेन्द्र नाथ । विद्यालयमा लागु औषध दुव्र्यशनदेखि अन्य युवा जागरणका कक्षा सञ्चालन देखि मदिरा नियन्त्रण, छाउ कुप्रथा, किशोरी शिक्षा र आत्म सुरक्षाका कक्षाहरु डिएस्पी भाट आफै गाउँमा गएर दिने गरेका छन् ।
मदिरा सेवन गरेर झगडा भएका, महिला माथि हिंसा गरेका, मदिराको नशामा जग्गा जमिन विक्री गरेका जस्ता उजुरी आउने गरेका थिए, भाट आएपछि मुद्दाको प्रकृति फेरिएको छ । प्रहरीमा झगडाका कुटपीटका उजुरी दर्ताहुने क्रम घटेको छ । तर प्रहरीले समातेर ल्याउने व्यक्तिको संख्यामा भने उल्लेख्य वृद्धी भएको छ ।
गाडीमा यात्रु बढी राख्दा, मदिरा खाएर बजारमा, सडकका हल्लीएको भेटिँदा, जुवा खेल्दै गरेको, क्यारम बोर्ड खेल्दै गरेको अवस्थाका सबैलाई समात्ने र आवश्यक परामर्श र कारवाही पछि छोड्ने गरेको छ । अपराध गर्नेहरुलाई आफू अनुकुल निकाल्न नमानेपछि केही दलका नेताहरु रुष्टभएपछि समग्रमा बहुसंख्यक खुसी छन् ।
मदिरा सेवनकै कारण गाली खाने, आरोप सहनु पर्ने परिवारमा पनि खुसीयाली छाएको विष्नादेवी रेग्मीको भनाई छ । मदिरा नियन्त्रण, शान्ति सुरक्षा बलियो बनाउन हालसम्मकै उल्लेख्य काम गरेको भन्छन् गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया ।
बडिमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले पनि भाट प्रहरी प्रमुख भएर आएदेखि शान्ति सुरक्षामा निकै सुधार आएको भन्दै सार्वजनिक कार्यक्रम मै पं्रशसा गर्ने गरेका छन् । कर्तव्य पुरा गर्नु दायित्व र जिम्मेवारी भएपनि सक्रियता र नेतृत्व क्षमताले फरक पार्ने भन्छन् सामाजिक अभियान्ता लालबहादुर ओली ।


अवैध मदिरा नियन्त्रण गरिँदा जनप्रतिनिधिलाई पनि ठूलो सहयोग पुगेको बडीमालिका नगरपालिका ९ का महिला वडा सदस्य तुला विष्टले बताएकी छन् । घरघरमा जाडरक्सी घरघरमा जड्याहा देखेकी वडा सदस्य विष्टले डीएसपीको सह्रानियको काम प्रशंसा गर्दै साथ दिने विष्टको भनाई छ ।
उनी कहिल्यै बढीगंगा नदी थुनिएको क्षेत्रको अवरोध हटाउँन पुग्छन् । भने कहिल्यै सर्वाधिक विटक मानिएको बिच्छ्या पुगेर पनि शान्ति सुरक्षाको अवस्था बारे जानकारी लिने गरेका छन् ।
ठेका लिने तर काम नगर्नेका लागि पनि उनको कडा निर्देशन रहने गरेको छ । जिल्ला शान्त बन्नुका साथै विकासका काममा गति लिन पनि भाटले उल्लेख्य योगदान पुर्याएको भन्छन्, बडिमालिका ९ का वडा अध्यक्ष विनोद कुमार विक । बाजुराको विगतको बास्तविकता नै फेरिएको भन्दा फरक पर्दैन् ।
१६ हजार लिटर अवैध मदिरा नष्ट
प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाट गएको कात्र्तिक ८ गते बाजुरा आएका हुन् । कार्यालयमा हाजिर भएको ७ महिना बित्यो । यो अवधीमा १६ हजार ९ सय लिटर अवैध घरेलु मदिरा बरामत गरि नष्ट गरिएको छ ।


मदिराको उचित व्यवस्थापन, अवैध मदिरा उत्पादनको अन्त्य र खुला मदिरा सेवन कार्य रोक्न लक्ष्य सहीत जिल्ला व्यायी अभियान सञ्चालन गरिएको छ । अभियानकै क्रममा अनुमति विना अवैध उत्पादन गरिएको घरेलु मदिरा खोजी खोजी नष्ट गरिएको छ ।
सामाजिक शान्तिमा नकरात्मक असर पार्ने र पारिवारीक कलहको प्रमुख कारण मदिरा नै भएकोले अवैध मदिरा नष्ट गर्ने बिशेष अप्रेशन गरिएको भाटको भनाई छ । ६ हजार ४ सय ८३ क्वाटर सोफी नामक मदिरा पनि बरामत गरि नष्ट गरेका छन् । जसका कारण महिला हिंसाका घटनासँग सम्बन्धीत उजुरीहरु ह्वात्तै घटेका छन् ।
१ सय २० रोपनी गाँजाखेती नष्ट
यही अवधीमा ठूलो परिमाणमा गाँजाखेती नष्ट गरेको छ । प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटको निर्देशनमा तीन महिनाको अवधीमा १ सय २० रोपनीमा लगाईएको गाँजाखेती नष्ट गरिएको हो ।
बडीमालिका नगरपालिका–१ पाटा, खप्तड छेडेदह गाउँपालिका–५ डोगडी, जगन्नाथ गाउँपालिका–१ को पीलुचौर, हिमाली गाउँपालिका–५ बिउडीगोली भन्ने स्थानमा लगाएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । चरेस उत्पादनको प्रमुख श्रोत भएकोले गाउँ गाउँमा पुगेर नष्ट गरिएको भाटको भनाई छ ।
१६८ छाउ गोठ भत्काईए
प्रमुख सामाजिक समस्याका रुपमा रहेको छाउ कुप्रथाको अन्त्यका लागि पनि प्रहरीले अभियान चालेको छ । जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र गैर सरकारी संस्था सँगको सहकार्यमा गोठ भत्काउने अभियान गरिएको हो ।
प्रहरीले आफै गाउँमा टोली खटाएर हालसम्म १६८ वटा गोठ भत्काईसकेको छ । पहिचान गरिएका ३८९ वटा छाउ गोठ मध्ये २१३ भत्काउने प्रक्रियामा रहेका छन् । कानुन विपरित निर्माण गरिएका गोठहरु भएकोले प्रहरी स्वयमले स्थानीयको रोहबरमा भत्काएको प्रहरी प्रमुख डिएस्पी भाटको भनाई छ ।


गोठमै बस्ने समस्याको अन्त्यका लागि कठोर निर्णय लिनु परेको प्रहरीले बताएको छ । सुरुमा स्थानीयले पनि साथ दिएनन्, पछि विस्तार सम्झाउँदै जाँदा, स्कुल विद्यालयमा विद्यार्थीलाई सचेतना दिँदा सहज भएको भाटले बताए ।
६८ जना जुवाडे र ७९८ जना मदिरा सेवन कर्ता पक्राउ
जुवा तास खेल्ने र मदिरा सेवन गर्नेको जिल्लामा बिगबीगी थियो । खुलेआम बजारमा होहल्ला गर्ने, दिनभर जुवामा रमाउनेको संख्या बढी थियो । शिक्षकदेखि जनप्रतिनिधीसम्म सबै यसमा संलग्न थिए ।
जब जिल्ला प्रहरी कार्यालयले विशेष अभियान सुरु गर्यो, हाल सुनशान छ । नत रोडमा मदिरा सेवन गर्नेहरु भेटिन्छन्, नत कुनै जुवातासमा रमाउनेहरु नै । सात महिनाको अवधीमा ६८ जना जुवाडेलाई पक्राउ गरि कारवाही गरिएको छ । भने ७९८ जना मदिरा सेवन गरि होहल्ला गर्ने प्रक्राउ परि कारवाहीमा परेका छन् ।
पक्राउ पर्नेमा वडा अध्यक्ष देखि नेतासम्म, अधिकृत स्तरको निजामति कर्मचारी देखि कलाकारसम्म रहेका छन् । सामाजिक शान्तिका लागि नगरि नहुने अवस्था थियो, राजनीतिक संरक्षण र दबाब भन्दा माथि उठेर कारवाही गरिएको श्रोतको दाबी छ ।
वडा अध्यक्ष, शाखा अधिकृतलाई नै समात्दा सजिलो थिएन्, तर कानुन विपरित कार्य भएकोले मलाई कुनै समस्या परेन्, डिएस्पी भाटले बताए । मलाई राज्यको कानुन कार्यान्वन गर्नु नै पहिलो काम भएकोले अरु कुरा तपसिल हुने भाट भन्छन् । समाजमा शान्ति, परिवारमा सुख सबैका लागि चाहिन्छ त्यही काम गरेको भाटले बताए ।
सवारी कारवाहीबाट ७ लाख ८३ हजार राजस्व
करबाहेक आफ्नो कुनै श्रोत नभएको जिल्ला बाजुरा हो । तर गएको साउन देखि हालसम्म सवारी कारवाही बाटै ७ लाख ८३ हजार ५ सय रुपैया राजस्व संकलन भएको छ । त्यो मध्ये कात्र्तिक पछि मात्र ७ लाख बढी संकलन भएको छ ।
आर्थिक वर्षका सूरुका तीन महिना निकै न्यून मात्र राजस्व संकलन भएको छ । भाट प्रहरी प्रमुखका रुपमा बाजुरा आईसके पछि सवारी चेकजाँचमा कडाई हुँदा राजस्व संकलनमा पनि वृद्धी भएको छ । सवारी एव वर्षको अवधीमा १ हजार ३ सय ४८ पटक कारवाहीमा परेका छन् ।
सामाजिक सम्मान
सात महिनाको अवधीमा प्रहरी प्रमुख डिएसस्पी उद्धवसिंह भाटले आधा दर्जन सम्मान ग्रहण गरेका छन् । बाल स्वाहार गृह उद्घाटन समारोहमा अनाथ बालबालिकाको संरक्षणमा लागि परेको कन्सन बाजुराले सम्मान गरेको छ । महा नायक राजेश हमालकै हातमा भाटले सम्मान ग्रहण गरेका हुन् ।


यस्तै सामाजिक शान्ति र धर्म सँस्कृतिको जगेर्नाका लागि ब्रह्मतोलामा आयोजित धार्मीक महायज्ञमा पूर्व मन्त्री कर्णबहादुर थापाले दोसल्ला सहीत सम्मान गरेका छन् । यस्तै रजाली युवा क्लबले नव वर्षको अवसरमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सामाजिक शान्ति कायम गर्न खेलेको भूमिकाको उच्च मूल्याकल गर्दै सम्मान गरिएको सम्मान गर्ने संस्थाहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार