• होमपेज
  • समाज
  • सोलुखुम्बुका एक जोडीले काठमाडौंको कपनमा गरे झुण्डिएर आत्महत्या

सोलुखुम्बुका एक जोडीले काठमाडौंको कपनमा गरे झुण्डिएर आत्महत्या

  • सोमवार, साउन २०, २०७६
सोलुखुम्बुका एक जोडीले काठमाडौंको कपनमा गरे झुण्डिएर आत्महत्या

काठमाडौं – काठमाडौंको कपनमा दुई जनाले झुण्डिएर आत्महत्या गरेका छन् । सोलुखुम्बुको सोताङ गाउँपालिकाका–४ नाम्लुङका २१ वर्षे अमिरचन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाकी निर्मला खालिङ सँगैं झुन्डिएका अवस्थामा फेला परेका हुन् ।

निर्मला छोरी पढाउन काठमाडौं बस्दै आएकी र उनका श्रीमान् भने विदेशमा रहेका जानकारी पाइएको छ । त्यस्तै चन्द्ररअमिर भने एक महिना अगाडि काठमाडौं आई फुपूसँग बसेको उनका आफन्तहरुले बताएका छन् ।

आइतबार साँझ ७ बजेर ३१ मिनेटको समयमा सामाजिक संजाल फेसबुकमा सोताङकै भिम राई सोलु नेपाल प्रयोगकर्ता भएको फेसबुक आइडीबाट उनीहरुले किस गरेका फोटो अपलोड गरिएको थियो ।

त्यसैकारण उनीहरुले आत्महत्या गरेको हुनसक्ने मृतकका आफन्तहरुले बताएका छन् । तर, भिम राई सोलु नेपालले भने सो फोटो अर्कै फेसबुक प्रयोगकर्ताबाट प्राप्त भएको टिप्पणी बक्समा प्रतिक्रिया दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार