बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बडिमालिका
  • आर्थिक अभाबमा अस्पतालको शैयामा छट्पटाउदै बादुरे दमाई

आर्थिक अभाबमा अस्पतालको शैयामा छट्पटाउदै बादुरे दमाई

  • सोमवार, साउन २०, २०७६
आर्थिक अभाबमा अस्पतालको शैयामा छट्पटाउदै बादुरे दमाई

प्रकाश सिंह
बाजुरा, २० साउन
बडिमालिका नगरपालिका ७ बस्ने ४४ बर्षिय बादुरे दमाई आर्थिक अभाबमा अस्पतालको शैयामा छट्पटाइरहेका छन् । आर्थिक अभाबमा उनि जिल्ला अस्पताल बाजुरामा ३ महिना देखी तड्पिरहेका छन् ।
दाँया खुट्टाको पैतलामा रहेको घाँउ सञ्चो हुन सकेको छैन् । जिल्ला अस्पताल बाजुरामा कार्यरत डा. दुर्गाराज मर्हजनका अनुसार उनको घाउमा मासु काटेर राख्नु पर्ने र अन्य चेक जाँच गर्नु पर्ने भएकाले सुबिधा सम्पन्न अस्पतालमा लिनु पर्ने वताए । तिन महिना सम्म उपचार गरयौ, तर उनको घाउ थिक नभएको महर्जनले वताए ।
बाजुरा अस्पतालमा सञ्चो नभएपछि उनि अब घर जाने शुरुमा छन् । अस्पतालको शैयामा रुदै भने बाहिर जान पैशा छैन्, अब घरमा गएर मर्नु भन्दा अर्को बिकल्प नभएको वताए । उनको बायाँ खुट्टा ५ बर्ष पहिला चोटका कारणले काटेका छन् । अपांग जिवन बिताइरहेका बादुरे दायाँ खुट्टामा पनि संक्रमण भएपछि उनी झन समस्या परेका छन् । स्वास्थ्यकर्मीले नेपालगञ्ज काठमाडौ जान सुझाब दिएको छ, तर एक पैशा पनि नभएको सहयोग गर्न समेत आग्रह गरेका छन् ।
बादुरे कि श्रीमति कलु दमाईले भनिन्, घर पनि अर्काको जग्गा छ, सम्पत्तिको नाममा एक आना जग्गा पनि नभएको वताईन् । पहिलो खुट्टाको बेला सबैलाइ गुहार गरेर उपचार गरे, अहिले भने उपचार गर्न नसक्ने वताईन् । माथिल्लो जातिका लुगका सिलाएर परिवार पाल्दै आएका बादुरे तिन महिना देखी थलिएपछि उनको परिवार झन संकटमा परेको छ ।
बादुरेको उपचारका लागि बडिमालिका नगरपालिकामा पहल गरेको भएपनि केही वास्ता नगरेको बादुरेले वताएका छन् । धेरै लाई उपचार सहयोगका लागि पहल गरेको भएपनि कसैले सहयोग नगरेको कलुले वताईन् । उनका परिवार गाँउमा माथिल्लो जातिको खलिया काम गर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार