शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सेलिब्रेटी
  • रेवती, कुसुम र रेविकाको ‘म’

रेवती, कुसुम र रेविकाको ‘म’

  • सोमवार, साउन २०, २०७६
रेवती, कुसुम र रेविकाको ‘म’

कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा चलचित्र ‘म’ बन्ने भएको छ । परिच्छेद सेनले निर्देशन गर्ने यो चलचित्रले हरेक व्यक्तिको कथा भन्नेछ । चलचित्रमा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, अनिल कँडेल, सन्जोग रसाइली, कुसुम गुरुङ, रेविका गुरुङको मुख्य भूमिका रहनेछ ।

कान्तिपुर फिल्म एकेडेमीका सीइओ प्रकाश पुरीले कलेजबाट नै सिकेका विद्यार्थीेहरुसँग सहकार्य गर्दै यो चलचित्र बनाउन लागिएको बताए । चलचित्रका निर्देशकदेखि मुख्य कलाकारसम्म कान्तिपुर फिल्म एकेडेमीमै अध्यन गरेका विद्यार्थी हुन् ।

चलचित्रमा तेन्जिन पाल्देनको छायांकन रहनेछ । यो चलचित्रमा एउटा मात्र गीत रहनेछ । जेतेन लेप्चाले गीत तयार पारेका हुन् । चलचित्रमा बाल–कलाकारको रुपमा उनव श्रेष्ठ र सम्पन्न ढकालले काम गर्दैछन् । कान्तिपुर फिल्म एकेडेमीले विगत केही बर्षदेखि चलचित्रका विभिन्न बिषयमा अध्यापन गराउँदै आएको छ ।

चलचित्रका निर्देशक परिच्छेद सेनले भने–‘हामीले समाज भित्रकै कथामा चलचित्र बनाउँदैछौ । यसले हरेक व्यक्तिले भन्दै आएको म लाई प्रस्तुत गर्नेछ ।’

चर्चामा

सम्बन्धित समाचार