बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • खप्तड छेडेदह
  • पूर्व सभासद महा नेपालीलाई पत्नी शोक

पूर्व सभासद महा नेपालीलाई पत्नी शोक

  • शनिबार, साउन ११, २०७६
पूर्व सभासद महा नेपालीलाई पत्नी शोक

प्रेम रौले
बाजुरा ११,साउन । तत्कालिन संविधान सभा सदस्य तथा नेपाली काँग्रेस बाजुरामा महासमिति सदस्य एव दलित अगुवा महा नेपालीलाई पत्नी शोक परेको छ ।
उनकी धर्मपत्नी खिरी नेपालीको उपचारका क्रममा काठमाण्डौंमा रहेको भक्तपुर क्यान्सर अस्पतालमा शुक्रबार निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
तिन महिना देखि पाठेघरको समस्याबाट ग्रसित भएकी नेपालीको उपचारका क्रममा मृत्यु भएको आफन्त भीम बहादुर नेपालीले दिए ।
उनले दिएको जानकारी अनुसार पटक पटक उपचार गर्दा पनि निको नभएपछि थनप उपचारका लागि काठमाण्डौमा उपचार गर्न ल गिएपछि भक्तपुर क्यान्सर अस्पतालमा मृत्यु भएको बताए ।
नेपाली काँग्रेसबाट २०६४ सालको संविधान सभाको चुनावबाट नेपाली समानुपातिक सभासद बनेका थिए ।
नेपालीकी धर्मपत्नी खिरी नेपालीको शुक्रबार नै पशुपति आर्यघाटमा हिन्दु धर्म अनुसार दाहासंस्कार गरिएको मृतकका छोरा मगल नेपालीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार