सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘दबंग ३’ मा दुई अभिनेत्रीसंग रोमान्स गर्दै दबंग खान

‘दबंग ३’ मा दुई अभिनेत्रीसंग रोमान्स गर्दै दबंग खान

  • बिहिबार, साउन २, २०७६
‘दबंग ३’ मा दुई अभिनेत्रीसंग रोमान्स गर्दै दबंग खान

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान अभिनित पछिल्लो चलचित्र भारतले बक्स अफिसमा दमदारको व्यापार रेकर्ड समेत स्थापित गर्न सफल भयो। सोहि अनुरुप सलमान पछिल्लो समय एक अर्को चलचित्र मार्फत दर्शकको मन जित्ने तयारीमा रहेका छन। सलमान यतिखेर प्रतिक्षित चलचित्र दबंग ३ लाई लिएर चर्चामा रहेका छन। साथै यसै चलचित्रको छायांकनमा पनि व्यस्त रहेका छन।

हरेक दिन जस्तो सलमान खानको दबंग ३ लाई लिएर नया खबर बाहिरिरहेको छ। कहिले आइटम गीतलाई लिएर त कहिले के यसै गरि सलमान चलचित्रमा नयापन ल्याउने तयारीमा रहेका छन। यस चलचित्रमा सलमान एक मात्र नभई २ जना हिरोइनका साथमा रोमान्स गर्दै छन। यसको मतलब यो हो कि सलमान खान प्रेमिका सोनाक्षी सिन्हाका अलावा महेश मांजरेकरकी छोरीको सईका साथमा रोमान्स गर्दैछन। चलचित्रमा सलमानकी प्रेमिकाको रुपमा सईलाई देखिदै छ भने सोनाक्षी श्रीमतीको भूमिकामा देखिदै छिन।

मांजरेकरकी छोरी सईले सलमान खानका साथमा दबंग ३ बाट बलिउडमा डेब्यु गर्दै छिन। भने सलमानको अपोजिटमा सोनाक्षीलाइ मुख्य भूमिकामा देखिने छिन। चलचित्र यसै बर्षको डिसेम्वर २० मा प्रदर्शनमा आउने छ। दबंग ३ चलचित्र दबंगको तेस्रो सिरिज हो। खबर अनुसार सलमान यस चलचित्रमा दुई फरक भूमिकामा देखिदै छन् एउटा युवाको भूमिकामा र अर्को बृद्धको हेरौं चलचित्र कस्तो बन्नेछ।

चर्चामा

सम्बन्धित समाचार