बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • म्याडम तुसादमा प्रियंकाको मैनको स्ट्याच्यू

म्याडम तुसादमा प्रियंकाको मैनको स्ट्याच्यू

  • बिहिबार, असार ५, २०७६
म्याडम तुसादमा प्रियंकाको मैनको स्ट्याच्यू

लण्डनको म्याडम तुसादमा बलिउड र हलिउडका चर्चित कलाकारको मैनको स्ट्याच्यू छ । यो म्यूजियममा पुग्ने अधिकांश दर्शकहरुले कलाकारको स्ट्याच्यूसँग तस्वीर खिचाएर खुशी व्यक्त गर्छन् । बलिउडका सुपरस्टारहरुको मैनको स्ट्याच्यू यहाँ देख्न पाइन्छ । यसैले म्याडम तुसाद विश्वमै पर्यटकिय दृष्टिकोणबाट प्रख्यात छ ।

यसैविच, मंगलबार मात्र बलिउडकी चर्चित नायिका प्रियंका चोपडाको स्ट्याच्यू यहाँ राखिएको छ । यो स्ट्याच्यूको उद्घाटन हुँदा प्रियंका लण्डनमा थिइनन् । तर, यो मुर्ती हेर्दा उनी नै स्वयंम उभिएको जस्तो लाग्छ । यो मुर्ती सन् २०१७ मा उनले लगाएको गोल्डेन ग्लोबस लुकबाट प्रभावित छ । यसलाई गोल्ड गाउनमा तयार पारिएको छ । नायिका चोपडाको लण्डनमा बल्ल स्ट्याच्यू लगाएपनि विश्वका विभिन्न संग्राहलयमा उनको मुर्ती भेट्न सकिन्छ । अमेरिकाको न्यूयोर्कदेखि सिंगापुरमा रहेको म्याडम तुसादमा उनको स्ट्याच्यू राखिएको छ । हलिउडमा प्रवेश गरेसँगै नायिका चोपडाको लोकप्रियता झनै बढेको छ ।

चर्चामा

सम्बन्धित समाचार