बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • दलित बस्तिको छेउमै डम्पीङ साइड निमार्ण गर्न लागेको भन्दै बिरोध

दलित बस्तिको छेउमै डम्पीङ साइड निमार्ण गर्न लागेको भन्दै बिरोध

  • मङ्लबार, जेष्ठ २८, २०७६
दलित बस्तिको छेउमै डम्पीङ साइड निमार्ण गर्न लागेको भन्दै बिरोध

बडिमालिका समचार
जेठ, २८ बाजुरा
बाजुराको बुढीनन्दा नगरपालिकाले दलित बस्ति नजिकै डम्पीङ साइड निमार्ण गर्न लागेको भन्दै स्थानियले बिरोध जनाएका छन् । आफुहरुको सहमति बिना र बस्ति नजिकै १ सय मिटरमा डम्पीङ साइड निमार्ण भएको भन्दै स्थानीयले बिरोध जनाएको भरत बिकले वताएका छन् । डम्पीङ साइड नगरपालिकाले वडा नम्बर ५ र ७ को सिमाना पर्ने दाडि चौरमा बनाउन लागेको हो ।
स्थानियले बिरोध स्वरुप विहिवार देखि सोमबार सम्म बुढिन्नदा नगरपालिकामा ताला लगाएका थिए । नगरपालिकाको काममालाई असहज भएको भन्दै केही दिनका लागि ताला खोलेका हौ, डम्पीङ साइड निमार्ण हाम्रो ठाँउमा बनाउनै नदिने स्थानियले वताएका छन् । स्थानियले सो ठाउँमा निमार्ण गर्न लागेको डम्पीङ साइटले नजकिै रहेको दलित बस्तिलाई असर पर्ने वताएका छन् । त्यो सँगै वडा नं पाँचको विरसैन र सातको जेठारीवाडालाई असर गर्ने भन्दै सो ठाउँका पिडितहरुले आन्दोलित बनेका हुन् । सबै भन्दा ५५ परिवार रहेको दलित बस्तिलाई असर पर्ने रहेको स्थानियले वताएका छन् । दलित बस्तिलाई २०५२ सालमा सुकुम्बासी बस्तिका रुपमा बसाइ राखेको थियो ।
स्थानियवासीले शुरुमा सो ठाउँमा डम्पीङ साइड नवनाउन ज्ञापन पत्र मार्फत ध्यानार्कषण गराएको र त्यसको सुनुवाई नभएपछि तालाबन्दी गरेका थिए । जिल्ला प्रशासन कार्यलय बाजुरामा पनि ज्ञापनपत्र बुझाउने रहेको स्थानियले वताएका छन् । सो ठाउँमा डम्पीङ साइड बनाउदा वडा नं पाँच र सातको वस्तीलाई असर पर्ने, सुख्खा तथा चर्को गर्मी हुने ठाँउ भएको, मार्तडी कोल्टी सडक र बेलडाँडा कुरु सडकको विचमा पर्ने भएकाले वातावरणीय हिसावले असुरक्षित भएको स्थानियले वताएका छन् ।
डम्पीङ साइड निमार्णका लागि नगरपालिकाले ठेक्का सम्झौता समेत गरिसकेको छ । स्थानियवासीले भिरालो ठाउँ भएकाले त्यहाँको फोहोर कर्णाली नदी सम्म मिसीन सक्ने, ब्यक्तिगत जमिन समेत परेको र विरसैन सिचाइ कुलोलाई समेत असर पर्ने भएकाले नवनाउन दवाव दिदै आएका छन् । बुढिन्नदा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिले भनिन्, नगर प्रमुख र केही ब्यक्तिले आफ्नो मनोमानी तरीकाले डम्पीङ साइड निमार्ण गर्ने योजना बनाएको आरोप लगाईन् । त्यो ठाँउ कुनै हिसाबले थिक छैन्, बस्ति वाताबरणलाइ असर पर्ने वताईन् ।
नगप्रमुख पदम कुमार गिरिले भने सबै प्रक्रिया पुयाएका हौ, खालि राजनितिक मुद्धा मात्रा बनाएको हो । वाताबरणिय प्रभाब मुल्याङ्कन सबै गरेका छौ, त्यस्तो कुनै बस्ती सड्कलाई कुनै असर नपर्ने वताए । फोहोर मैला ब्यबस्थापन ऐन २०६८ को मा फोहोर मैला ब्यबस्थापनको जिम्मा स्थानिय तहलाई रहेको छ । स्थानियको सहमति र वाताबरणमा असर नपर्ने गरी ब्यबस्थापन गर्नु पर्ने ऐनमा उल्लेख रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार