बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिका चारदिन देखि तालाबन्दी

बुढिनन्दा नगरपालिका चारदिन देखि तालाबन्दी

  • आइतवार, जेष्ठ २६, २०७६
बुढिनन्दा नगरपालिका चारदिन देखि तालाबन्दी

धर्म सुनार
बाजुरा २६ जेठ
बुढीनन्दा नगरपालिकाको कार्यालयमा गएको चार दिनदेखि तालाबन्दी गरिएको छ । नगर कार्यपालिकाले फोहर संकलन केन्द्र राख्ने बारे गरेको विवादीत निर्णय खारेज गर्न माग सहीत स्थानीयले कार्यालयमा जेष्ठ २२ गतेदेखि ताला बन्दी गरेका हुन् । नगरपालिका ५ र ७ का स्थानीयले जनजीवनको स्वास्थ्य बारे ख्यालै नगरि मनोमानी रुपमा डम्पीगं साइड निर्माण गरिएको निर्णय खारेजीको माग सहीत कार्यालय बन्द गरिएको भरत विकले बताएका छन् । कार्यालयमा तालाबन्दी भएपछि कर्मचारी आउने र घर फर्किने काम गरिरहेका छन् । नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि ५ र ७ नम्बरको बीच भागलाई रोजेर निर्णय गर्नु न्यायीक नभएको तालाबन्दी गर्नेहरुको भनाई रहेको छ । कार्यपालिकाले गरेको निर्णय सच्याउन ज्ञापन पत्र देखि अन्य छलफल गरिदा पनि बेवास्ता गरिएको र आफू अनुकुल ठेका दिएर जबरजस्त नगर प्रमुख डम्पीग साइड निर्माण गरिएको नेकपाका नेता समेत रहेका स्थानीय भरत विकले बताएका छन् । वडा अध्यक्ष समेतले जनताको मागलाई ध्यान नदिएर नगर प्रमुखको नै आदेश मानेको र पैसाका लागि स्वार्थ राखेर जनतालाई पर्ने असरको बेवास्ता गरिएको उनीहरुको आरोप रहेको छ । स्थानीयले कार्यालयमा तालाबन्दी गरेका छन् । भने दिनभर कोल्टीमा नारा जुलुस सहीत विरोध गर्ने गरेका छन् । खोला नजिकै फोहर व्यवस्थान गरिँदा पानी अशुद्ध हुने, त्यही पानी बगेर कर्णाली नदीमा जाने हुँदा सिंगो नदी नै दुर्गन्धीत हुने र वातावरण प्रदुषित हुने असन्तुष्ट पक्षहरुको छ । चार देखि देखिको तालाबन्दी जारीरहेपछि दैनिक कामकाज ठप्प बनेको छ । आर्थिक वर्षको अन्तमा आएर कार्यालयको सबै कामकाज ठप्प हुँदा सेवा ग्राही मर्कामा परेका छन् । भने दैनिक कामकाज प्रभावित छन् । सिफारिस बनाउनकै लागि पनि चार दिन कुर्दापनि कार्यालय बन्द हुँदा बनाउन नसकेको जसी कडाराको गुनासो छ । कडारा जनता आवास अन्र्तगतको घर निर्माणको भुक्तानीका लागि सिफारिसका लागि चारदिन देखि कुरीरहेका छन् । तालाबन्दी गर्ने पक्षहरुले निर्णय फिर्ता नलिएसम्म तालाबन्दी जारी राख्ने बताएका छन् । भने नगरपालिकाले काम नै सुरु भईसकेकोले लगानी डुब्ने हुँदा त्यसै स्थानमा निर्माण गर्ने बताएको छ । ठेक्का वितरण देखि विकास निर्माणका काममा समेत नगरपालिका विवादीत बन्दै आएको छ । जनप्रतिनिधीले नै आर्थिक लाभ देखाउने गरेका कारण जुनसुकै कार्यमा पनि विवाद हुने गरेको कर्मचारीहरुको दाबी छ । स्वयम कर्मचारीहरुले समेत जनप्रतिनिधीहरुलाई प्रभावमा राख्ने र आर्थिक लाभका लागि प्यारो बन्ने गरेकै कारण विवादीत हुने गरेको सर्वसाधारणको भनाई छ । नगरपालिकाले ताला खुलाउन प्रयास जारी राखेको बताएको छ । प्रहरी लगाएरै भएपनि ताला खुलाउने गरी अन्तमा बल प्रयोग गर्ने मानसिकता बनाएको छ । पहिलो साता सबै प्रकारका सम्झौतालाई जिल्लामा पठाई सक्नु पर्ने र भुक्तानीको समयमा कार्यालय बन्द हुँदा थुप्रो काममा बाधा पुग्ने नगरपालिकाले बताएको पत्रकार धर्मलाल सुनारले बताएका छन् । वार्तामा बस्ने र छलफल गर्ने क्रम तीनदिन देखि चलिरहेको र कार्यालयमा ताला बन्दी रहेको उपप्रमुख सृष्टी रेग्मीले स्वीकार गरेकी छन् । आजै खुल्ने गरि सहमतिको नजिक पुगिसकेपनि भोलिसम्म भने कार्यालय खुलेर कामकाज सुचारु हुने रेग्मीको भनाई छ । तर बन्दकर्ताहरुले भने नगरपालिका मागप्रति संवेदनशिल नभएकोले खोल्न नदिने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार