शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • साउनदेखी नगरपालिकाले मदिरा व्यवस्थित गर्ने

साउनदेखी नगरपालिकाले मदिरा व्यवस्थित गर्ने

  • मङ्लबार, जेष्ठ १४, २०७६
साउनदेखी नगरपालिकाले मदिरा व्यवस्थित गर्ने

लक्ष्मीराज पाध्याय
बाजुरा १४ जेठ
बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाले मदिरा कारोबार र प्रयोगलाई साउन १ गते देखी व्यबस्थित गर्ने भएको छ । यसका लागि मदिराजन्य वस्तु उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनलाई व्यबस्थित गर्ने सम्बन्धमा बडीमालिका नगरपालिका भित्रका मदिरा ब्यापारी र सरोकारवालासँग छलफल गरिएको छ ।
बडीमालिका नगरपालिकाले गरेको अन्तत्र्रिmया कार्यक्रममा मदिराजन्य वस्तु बिक्री वितरण, प्रयोग र सेवनको विद्यमान अबस्था, मदिरासँग सम्बन्धित विद्यमान ऐन, नियमको कार्यान्वयन अबस्थाबारे समिक्षा, मदिराजन्य वस्तु सेवनका कारण घरेलुहिंसा, आपराधिक गतिविधिमा न्यूनीकरण गर्ने उपाय, नीति निर्माणबारे छलफल गरिएको थियो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल धनबहादुर थापाले मदिरा र मदिराको नकारात्मक असर, नीति तथा कार्यक्रम, मदिरासँग सम्बन्धित विद्यमान ऐन, कानुन, मदिरा ऐन, मदिरा उत्पादन, बिक्री, वितरण, निकासी पैठारी नियन्त्रण तथा बन्देज सम्बन्धि व्यबस्था, खान तलासी, दण्ड सजायका बिषयमा र पुरस्कार सम्बन्धि व्यबस्था, इजाजतपत्र, होटेल व्यबस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन, मदिरा बिक्री वितरण नियमन निर्दे्शिका, राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति जस्ता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
मदिरासँग सम्बन्धित विद्यमान ऐन, कानुन, मदिरा ऐन, मदिरा उत्पादन, बिक्री, वितरण, निकासी पैठारी नियन्त्रण तथा बन्देज सम्बन्धि नियम बनाइसकेकोले साउनदेखी लागु हुने गरि काम गरिने भएकोले मदिरा ब्यापारीहरुलाइ समयमै जानकारी गराउने उदेस्यले कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले बताएको छ ।
कार्यक्रममा सदरमुकाम भित्र रहेका ब्यापारीहरुले मदिरा ऐन बिपरित बिक्री बितराण गरेको पाइएको र असार मसान्तसम्म प्रक्रियामा नआए कानुन बमोजिम कार्बाही प्रक्रिया अगाडी बढाउने गरि साउनदेखी लागु हुने नगरप्रमुख पदम बडुवालले बताएका छन् । मदिरा ब्यबस्थापन संगै मदिराका बोतलहरु पनी ब्यबस्थित गर्न नगरप्रमुखले आग्रह गरेका छन् । मार्तडी बजार बाट निस्कीने फोहर ब्यबस्थापनका बारेमा पनी छलफल गरिएको नगरप्रमुख बडुवालले जानकारी दिएका छन् । लाइसेन्स नभएका ब्यापारीले बिक्री बितरण गर्न नपाईने, घरबाट निस्कने कुहिने फोहोर आफैले ब्यबस्थापन गर्नुपर्ने लगायतका बिषयमा छलफल गरिएको नगरपालिकाका सुचना अधिकारी बिरबहादुर बिष्टले बताएका छन् । छलफलमा साउन १ गते देखी लागु हुने गरि मदिरा नियन्त्रण संगै कालो पलाष्टिक पनी प्रयोगमा बन्देज गर्ने नगरपालिकाले बताएको छ ।
कार्यक्रममा बडीमालिका नगरपालिकामा भएका मदिराजन्य विषयमा तयार पारिएको कार्यबिधी नगरपालिका सुचना अधिकारी बिर बहादुर बिष्टले प्रस्तुत गरेका थिए । कार्यक्रमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष, होटल पसलका प्रतिनिधि, मदिरा व्यवसायी, कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराका प्रमुख, तथा वडाअध्यक्ष लगायतको कार्यक्रममा सहभागिता थियो ।

चर्चामा

सम्बन्धित समाचार