• होमपेज
  • अर्थ/वाणिज्य
  • विद्यार्थीले पाँंच लाखसम्म सहुलियत ब्याजदरमा ऋण पाउने

विद्यार्थीले पाँंच लाखसम्म सहुलियत ब्याजदरमा ऋण पाउने

  • शनिबार, जेष्ठ ११, २०७६
विद्यार्थीले पाँंच लाखसम्म सहुलियत ब्याजदरमा ऋण पाउने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले प्रतिविद्यार्थी पाँंच लाखसम्म सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था सुरु भइसकेको जानकारी दिएका छन्। आर्थिक कारणले कुनै विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले यस्तो व्यवस्था मिलाएको उनले जनाए।

भक्तपुरको कालीघाट व्यासीस्थित वासु माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७६ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीको स्वागत, छात्रवृत्ति तथा पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रममा नगर प्रमुख प्रजापतिले इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपाल भाषा विषयमा छात्रछात्रालाई आकर्षित गर्न नगरपालिकाका तर्फबाट छात्रवृत्ति प्रदान गर्दै आएको पनि जानकारी गराए। प्रजापतिले नगरपालिकाले कुनै व्यक्ति विशेषका निम्ति नभई सिंगो समाजलाई बौद्धिक बनाउने सोचले अगाडि बढिरहेको धारणा राखे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईलें विद्यार्थीको उज्ज्वल भविष्यको निम्ति विद्यालयले निरन्तर विद्यार्थी केन्द्रित गतिविधिका साथै अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको बताए। स्कुलकी प्राचार्य अम्बिका न्याइच्याइँले नयाँ शैक्षिक सत्र २०७६ सालमा एक सय ८० जना नयाँ विद्यार्थी भर्ना भएको जानकारी गराइन्। भक्तपुर नगरपालिका–२ का अध्यक्ष हरिप्रसाद वासुकलाले नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, खेलकुदलगायत सबै क्षेत्रलाई व्यवस्थित ढंगले अघि बढाइरहेको दाबी गरे।

कार्यक्रममा स्रोत व्यक्ति धु्रव हमाल, विद्यालयका प्राइमेरी इन्चार्ज विष्णुप्रसाद दुमरु, सहायक प्राचार्यद्वय रविलाल प्रधान र राजकुमार ह्यौंमिखा, अभिभावक प्रतिनिधि शिवकृष्ण कोजु, वासु माविका विद्यार्थी हित समितिका अध्यक्ष अजय क्षेत्रीलगायतले पनि विद्यालयको विविध पक्षमा आआफनो धारणा राखे। कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार प्रदान गरेका थिए।

Read more: https://www.merostudy.com/nepali-post/23202/?fbclid=IwAR1T-QV8ZJyxMQyyj14YavY7OoLUwRiyeSn5eVZxSGMjRq8XXyT8JRrD0iQ

चर्चामा

सम्बन्धित समाचार