शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • कामदारको ज्याला नदिएर ठेकेदार फरार, कामदारले दिए प्रशासनमा उजुरी

कामदारको ज्याला नदिएर ठेकेदार फरार, कामदारले दिए प्रशासनमा उजुरी

  • शुक्रबार, जेष्ठ १०, २०७६
कामदारको ज्याला नदिएर ठेकेदार फरार, कामदारले दिए प्रशासनमा उजुरी

पदमबहादुर सिंह
बाजुरा १० जेठ : बडिमालिका नगरपालिका ७ जिल्लीका स्थानीयलाई काम गरेको ज्याला नदिएर ठेकेदार फरार भएका छन् । शहरी बिकास अन्र्तगत ०७३ सालमा ठेक्का भएर कामको जिम्मा पाएको त्रिबेणी नगरपालिका ४ छतारका हर्कबहादुर शाहले काम पुरा नगरेको र काम गरेका कामदारलाई समेत पैशा नदिएको कामदार डबल बिकले जानकारी दिए ।
शहरी बिकासले एक करोडको ठेक्का गरी काम संचालनका लागि जिम्मा दिएको भए पनि ठेकेदारले काम पुरा नगरेको र ठेकेदारलाई तत्काल कार्बाहीका लागी स्थानियले माग गरेका छन् । २०७३ सालमा ठेक्का भएको २०७४ सालमा १२ सय ग्याबिन तारजाली हाल्नुपर्नेमा २ सय ५३ जालि भराएर ठेकेदार हर्कबहादुर शाह फरार रहेकोले तत्काल कार्बाही गरिपाउ भन्दै बिहिबार ३१ जना कामदारले संयूक्त हस्ताक्षर सहित जिल्ला प्रशासनमा निबेदन बुझाएको बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन ।
एक जालि भरे बाफत तीन हजार ज्याला दिने ठेकेदारसंग सहमती भएको थियो । एक पैशा नदिएर सम्पर्क विहीन बनेपछि काम गरेर घर परिवार पाल्ने मज्दुरलाई समस्या भयो अध्यक्ष पाध्यायले बताए ।
निबेद बुझ्दै प्रमुख जिल्ला अधिकारी गगांप्रशाद न्यौपानेले प्रक्रिया अगाडी बढाउने बताएका छन् । चार वर्ष पहिलेकै ठेक्का संघिय सरकारले प्रदेश सरकारलाई जिम्मा दिएको भन्छ प्रदेश सरकार आफूलाई थाहानै नभएको बताउछ ठेक्का नै अलपत्र परेको प्रमुख जिल्ला अधिकारीले बताए । ठेकेदार र शहरी विकासलाई सम्पर्क गरेर के कारणले योजना अलपत्र परेको हो बुझेर कामदारको ज्याला दिलाउने न्यौपानेले बताए । ठेक्का सम्झौता भएको ४ बर्ष बितिसक्यो तर काम हुन सकेको छैन बस्ती जोखीममा पर्दै गएको छ । यसमा जिल्ला प्रशासनको ध्यानकर्षणका लागी समयमै जानकारी गराएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।
बडीमालिका नगरपालिका वडा न ७ को जिल्ली गाउँ पहिरोको उच्च जोखीमा रहेको छ । सदरमुकामबाट नजिकै रहेको बस्ती बर्षा सुरु भए संगै स्थानिय त्रसित बन्दै गएका छन् । सो बस्तीमा रहेका ८५ घर परिवार बिस्तापीत हुन थालेको स्थानिय डबल बिकले बताए । बस्ती उच्च जोखीममा रहेको र हालसम्म ठेकेदारले काम नगरेको भन्दै आज वडा कार्यालयको रोहबरमा स्थानियले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार