शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • पर्यटन
  • कामीरिता शेर्पा पुगे २४ औँ पटक सगरमाथाको चुचुरोमा, हप्ता दिनमै दुई पटक

कामीरिता शेर्पा पुगे २४ औँ पटक सगरमाथाको चुचुरोमा, हप्ता दिनमै दुई पटक

  • मङ्लबार, जेष्ठ ७, २०७६
कामीरिता शेर्पा पुगे २४ औँ पटक सगरमाथाको चुचुरोमा, हप्ता दिनमै दुई पटक
काठमाडौं : केही दिनअघि बनाएको आफ्नै रेकर्ड तोड्दै कामीरिता शेर्पाले २४ औँ पटक सगरमाथा आरोहण गरेका छन्। शेर्पाले मंलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन्। ‘एजेन्सीले हामीलाई खबर गरिसकेकाे छ, एजेन्सीले हामीलाई आधिकारिक चिठी दिएको छैन’, उनले भनिन् । गत बुधबार उनले २३ औँ पटक सगरमाथा आरोहण गरेका थिए। एकै सिजनमा उनले दुईपटक आरोहण गर्दै २४ पटक पुर्‍याएका हुन्। कामीरिताले अर्को वर्ष २५ औं पटक सगरमाथाको आरोहण गर्ने लक्ष राखेका छन्।

चर्चामा

सम्बन्धित समाचार