सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • एक हप्ताभित्रै कर्मचारी समायोजनको सम्पूर्ण काम सकिन्छ: लालबाबु पण्डित

एक हप्ताभित्रै कर्मचारी समायोजनको सम्पूर्ण काम सकिन्छ: लालबाबु पण्डित

  • बिहिबार, बैशाख २६, २०७६
एक हप्ताभित्रै कर्मचारी समायोजनको सम्पूर्ण काम सकिन्छ: लालबाबु पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी एक हप्ताभित्रै कर्मचारी समायोजनको सम्पूर्ण काम सम्पन्न गरिसक्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले प्रशासनिकतर्फको कर्मचारी समायोजनको धेरैजसो काम सम्पन्न भैसकेको बताउनुभयो । मन्त्री पण्डितले मुलुक यतिवेला संघीयता कार्यान्वयनको चरणमा रहेकोले सरकार त्यसतर्फ सचेत भएर अघि बढिरहेको पनि बताउनुभयो ।

संघीयता कार्यान्वयनका कामहरु अघि बढाउँदा केही अप्ठ्याराहरु आएपनि वर्तमान सरकारले बढो जिम्मेवार ढंगले कामहरु सम्पन्न गरिरहेको पनि मन्त्री पण्डितको भनाई छ । समायोजनको विषयमा कर्मचारीहरुले उठाएका र राखेका जायज गुनासाहरुलाई सरकारले सम्बोधन गरेको पनि उहाले बताउनुभयो । त्यस्तै, फरक क्षमता भएका लगायतका अन्य कर्मचारीहरुको पनि आफूहरुले उचित व्यवस्थापन गर्ने मन्त्री पण्डितले विश्वास दिलाउनुभयो । उहाले स्थानीय तहको सवालमा पनि यो वर्षको असार मसान्तभित्रै कर्मचारीको सबै व्यवस्थापन भैसक्ने दाबी गर्नुभयो ।

उहाले प्रदेश लोकसेवा आयोग गठन नहुञ्जेलसम्म केन्द्रले कर्मचारी भर्नाको आवश्यकत्ता गर्ने भएकोले आउने हप्ताभित्र स्थानीय र प्रदेश तहको लागि कमर्चारी आवश्यकत्ताको लागि विज्ञापन गरिने जानकारी दिनुभयो । वर्तमान सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा साकार हुने दिशातर्फ मुलुक अघि बढिरहेको पनि उहाले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार