बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • हिमाली
  • हिमालीको क्युडी र पाडि गाँउमा भाइरल ज्वरोको प्रकोप, एकजनाको मृत्यु

हिमालीको क्युडी र पाडि गाँउमा भाइरल ज्वरोको प्रकोप, एकजनाको मृत्यु

  • शनिबार, बैशाख २१, २०७६
हिमालीको क्युडी र पाडि गाँउमा भाइरल ज्वरोको प्रकोप, एकजनाको मृत्यु

प्रकाश सिंह
बैशाख, २१ बाजुरा
बाजुराको हिमाली गाउँपालिका–५ क्युडी र ६ नम्बरको पाडि गाँउमा एक साता देखी भाइरल ज्वरोका प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एक जनाको मृत्यु समेत भएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख अशोक सिंहले वताएका छन् । मृत्यु हुनेमा क्युडी गाँउकि ५५ बर्षिय छञ्चकला बुढा रहेका छन् । उनको १८ गते मृत्यु भएको हो ।
क्युडी र पाडि गाँउमा रहेका सबै परिवारका सदस्य हरु भाइरल ज्वरोका प्रकोपमा रहेको स्वास्थ्यकर्मीले वताएका छन् । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखा परेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोककुमार सिंहले बताए ।
रुगिन स्वास्थ्य चौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वको टोली क्युडी गाँउमा गएर ९३ भन्दा बढीको उपचार गरेको प्रमुख सिंहले जानकारी दिए । रुघाखोकी पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म दुईजना स्वासथ्यकर्मी गाँउमै रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । एकजना अहेब र एकजना अनमि गाँउमै उपचार गरिरहेको छन्, थप जटिल आएमा थप स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य कार्यलयले जनाएको छ ।
त्यस्तै पाडि गाँउमा पनि भाइरल ज्वरो फैलिएको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । २१ जना बिरामी भएको २ जनाको अबस्था गम्भिर भएको जानकारी पाए लगतै स्वास्थ्यकर्मी पाडि गाँउमा पठाएको मल्लले वताए । हिमाली गाँउपालिका स्वास्थ्य संयोजक धर्मदत्त बुढाको नेतृत्वमा ३ सदस्यि स्वास्थ्यकर्मी पाडिमा पठाएर उपचार भएको उनले वताए ।
जिल्लामा रुघाखोकी, झाडापखाला र भाइरल ज्वरो नै महामारीका रुपमा फैलिने गरेको छ । महामारी नियन्त्रण गर्न ५ सय देखि एक हजार बिरामीका लागि बाजुराका नौवटै स्थानीय तहमा ‘बफर स्टोर’ राखिने बताइएको छ । जिल्लाका सबै स्थानीय तहमा भवन निर्माण गरिने भएको छ ।
केही दिन पहिला मात्र छिमेकी हुम्लाको ताजाकोट गाँउपालिकाको मैलामा भाइरल ज्वरोको प्रकोप फैलिएको थियो । बाजुराको क्युडि गाँउ र मैला गाँउ आमनेसाम्ने रहेका छन् । यता बाट भाइरल ज्वरो यता सर्न सक्ने भएकाले त्यसको रोकथाम गर्न पहल भइरहेको छ । मैला गाँउमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आइसकेको स्वास्थ्यकर्मीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार