शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • किशोर किशोरीलाई जिबनोपयोगी तालिम सम्पन्न

किशोर किशोरीलाई जिबनोपयोगी तालिम सम्पन्न

  • बिहिबार, बैशाख १९, २०७६
किशोर किशोरीलाई जिबनोपयोगी तालिम सम्पन्न

बडिमालिका खबर
बैशाख १९ मार्तडी
बडिमालिका नगरपालिका ७ मा किशोर किशोरिलाई जिबनोपयोगी सीप सम्बन्धि तालीम सम्पन्न गरिएको छ । बडिमालिका नगरपालिकाको आयोजनामा महिला सँग उपमेयर कार्यक्रम अन्तर्गत तालिम सम्पन्न गरिएको महिला शाखा प्रमुख केशरी रोकायाले वताएकि छन् । तालिममा वडा नम्बर ९ का किशोर किशोरी सहभागि रहेका थिए ।
तिन दिन सम्म सञ्चालन भएको तालिममा २५ जना सहभागिता रहेका थिए । १३ जना किशोर र १२ जना किशोरी रहेको तालिमको सहजिकरण महिला विकास निरिक्षक केशरी रोकाया र वडा सचिब काशिचन्द्र पाध्यायले गर्नु भएको थियो । तालिममा किशोर किशोरीहरुमा जीवन मा आइपर्ने समस्याका बारेमा जानकारीका गराईएको थियो । आइपर्ने समस्याहरु समाधान गर्ने उपाय र जीवन लाई सकारात्मक बाटो लैजान प्रयोग गर्ने सीप को जानकारी गराईएको प्रशिक्षक केशरी रोकायाले वताएकि छन् । त्यो सँगै समाजमा बिभिन्न खाले कुरित हिशां न्युनिकरणका बारेमा जानकारी गराईएको थियो । किशोर किशोरीलाइ अहिले यस्तो तालिम दिदाँ भोलीको समाज पनि समुद्धि हुनमा सहयोग पुग्ने रोकायले वताएकि छन् ।
तालिममा सहभागि प्रमिला धामिले भनिन् तिन दिन सम्म सञ्चालन भएको तालिम निकै फलदायि भएको वताईन् । तालिममा किशोर किशोरीमा आईपर्ने समस्याका बारेमा जानकारी सँगै समाधाना उपाय सिकेको वताईन् । सहभागिले जिवनलाई सकारात्मक बाटोमा लैजाने उपायको बारेमा जानकारी पाएको वताएका छन् । साथै यो तालिममले नेतृत्व विकासमा समेत सहयोग पुगेको उनिहरुले वताए । त्यो सँगै समाजमा हुने बिकृति रुढिवादी र हिशां न्युनिकरण कसरी गर्ने भन्ने जानकारी पाएको सहभागि रमेश रोकायाले वताए ।

चर्चामा

सम्बन्धित समाचार