बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तरवार्ता
  • काठमाडौंलाई ३ वर्षमा सिंगापुर र टोकियो जस्तो बनाउँछु – मेयर शाक्य

काठमाडौंलाई ३ वर्षमा सिंगापुर र टोकियो जस्तो बनाउँछु – मेयर शाक्य

  • मङ्लबार, बैशाख १७, २०७६
काठमाडौंलाई ३ वर्षमा सिंगापुर र टोकियो जस्तो बनाउँछु – मेयर शाक्य

काठमाडौं- काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्काले जिम्मेवारी बहन गर्न नसक्दा बदनाम हुनुपरेको बताएका छन् ।प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै शाक्यले खुला मञ्चमा बनाइएका अवैध सटरबारे टुङ्गो लगाउन उपमेयर खड्गीालई जिम्मेवारी दिइए पनि काम नगरेकाले डोजर लगाएर भत्काउनुपरेको शाक्यको भनाई थियो ।

खड्गीलाई दिइएको जिम्मेवारी पूरा गरेको भए खुलामञ्चमा सटर निर्माण नै हुन नपाउने शाक्यको जिकिर छ । “सटर बन्दै छ भन्ने थाहा पाउनासाथ उपमेयरज्यूलाई अनुगमन समितिको संयोजक बनाएर जिम्मेवारी दिएका थियौँ । उहाँले समयमै काम गरिदिएको भए अहिले डोजर लगाएर कसैको सम्पत्ति नाश हुने थिएन ।” शाक्यले भने ।

मेयर शाक्यले आफू अभिभावक भएकाले अरुलाई काम गर्न लगाएर आफू भने अनुगमनमा नगएको तर्कसमेत गरे । सबै कामको नेतृत्व आफूले गर्ने भएकाले शाक्यले आफूलाई प्रधानमन्त्रीसँग तुलनासमेत गरे ।तर अरुको विश्वास गर्दा प्रभावकारी काम हुन नसकेपछि आफै अघि सरेर अवैध संरचनामा डोजर लगाएको उनले स्पष्ट पारे । मेयर शाक्य र उपमेयर खड्गीबीच पहिलेदेखि नै विवाद हुँदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार