बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकाको चौथो नगर सभा सम्पन्न

बडीमालिका नगरपालिकाको चौथो नगर सभा सम्पन्न

  • शुक्रबार, चैत्र २९, २०७५
बडीमालिका नगरपालिकाको चौथो नगर सभा सम्पन्न

मदन वि.क.
बाजुरा २९ चैत्र
बाजुराको बडीमालिका नगरपालिकाले आफ्नो चौथो नगर सभा सम्पन्न गरेको छ । ‘सम्वृद्ध नगर, खुसी नगरवासी’ को सपना साकार पार्ने उद्देश्यका साथ आगामी वर्ष २०७६ लाई लगानी वर्षका रुपमा मनाउने निर्णय गरेको हो ।
नगरपालिकाको चौथो नगर सभाले शुक्रबार वर्ष २०७६ लाई व्यवसायीक उत्पादन गरि लगानीका लागि गन्तव्य बडीमालिका अभियानका रुपमा समेत मनाउने निर्णय गरेको बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताएका छन् ।
नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ को तेस्रो नगर सभा पछि कार्यपालिकाबाट पारित भएको बजेट, कार्यक्रम र निर्णयहरुको अनुमोदन गर्दै चौथो नगरसभा सम्पन्न गरेको हो ।


नगर सभामा कार्यपालिकाबाट अपागंता परिचय पत्र वितरण, सहकारी दर्ता तथा व्यवस्थापन, नगरप्रहरी संचालन तथा व्यवस्थापन, नगर स्वय सेबक शिक्षक व्यवस्थापन, व्यवसाय दर्ता तथा नविकरण, उपचार सहयोग कोष संचालन र जिवीकोपार्जन सुधार योजना लगायतका निति तथा कार्यक्रमहरु २०७५ को चौथो नगर सभाबाट स्वीकृत गरेको छ ।
त्यसै गरी चौथो नगरसभाबाट जिल्लाको निजि विद्यालय बडीमालिका ईग्लिस बोर्डिङ्ग स्कुललाई नगर शिक्षा नियमावली २०७४ को नियम को उपनियम (३) बमोजिम कक्षा ११ थप कक्षा संचालन गर्न अनुमति प्रदान गर्ने निर्णय गरको छ ।
नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको चौथो नगर सभामा नगरपालिका भित्रका ९ वटै वडाका वडा अध्यक्ष र कार्यपालिकाका सदस्य लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । नगर सभा बडीमालिका नगरपालिकाको सभा हलमा संचालन गरिएको थियो ।

नयाँ वर्षको पुर्वसन्ध्यामा शुभकामना आदान –प्रदान कार्यक्रम

नयाँ वर्ष २०७६ को पुर्वसन्ध्यामा बडीमालिका नगरपालिकाले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
नगरपालिकाले शुक्रबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर शुभकामना आदान प्रदान गरेको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख पदम बडुवालले नयाँ वर्षमा नेपालीहरुको घरघरमा सुख, शान्ति र सम्वृद्धिको कामना गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा बाजुराबासीलाई शुभकामना मन्तव्य मार्फत शुभकामना प्रदान गरेका छन् ।
नगरपालिकाले राखेको शुभकामना आदान प्रदान कार्यक्रममा नगरपालिका भित्रका नगरबासीहरुले नगरको विकासमा सकारात्मक सोचको विकास गर्नुपर्ने नगर प्रमुख बडुवालले बताएका थिए ।
शुभकामना आदान प्रदान कार्यक्रममा नगरपालिकाका सबै कार्यपालिका सदस्यहरुले नयाँ वर्ष २०७६ मा नेपालीहरुको सधै प्रगति, सु–स्वास्थ्य र दिर्घायुको कामना गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार