बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक बहस

शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक बहस

  • बुधबार, चैत्र २७, २०७५
शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक बहस

लक्ष्मीराज पाध्याय
बाजुरा २७ चैत्र: बडिमालिका नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि बिद्यालयका प्रधानाध्यापक र सरोकारवालसंग बहस संचालन गरेको छ । बिद्यालयको शिक्षा क्षेत्रको बिकास गर्न नगर स्तरीय शैक्षिक बहस सञ्चालन गरेको हो । बिद्यालयको शैक्षिक बिकासका लागी शिक्षक, सरोकारवाला निकायलाई सँगै राखेर समस्याको उठान, सवाल पहिचान र समाधानको विकल्प सहीतको बहसका लागि शैक्षिक बहस सञ्चालन गरेको बडीमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बताएका छन ।
शिक्षा विकासको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गतिविधी गरिरहेको नगरपालिकाले कमजोरी सुधार गर्दै सबै पक्षलाई विद्यालय प्रति जवाफदेहि र उत्तरदायी बनाउन बहस थालेको हो । शैक्षिक गुणस्तर मात्र भएन भन्ने मान्यताको अन्त्यका लागि र नयाँ बहस र जिम्मेवारी बहनका लागि बिद्यालयका प्रअ र सरोकारवालासगको छलफल गरिएको नगर प्रमुखले बताएका छन् ।
नगरपालिकाले यस शैक्षिक सत्रको उपलब्धी र प्रगती बिबरण सहित संचालन गरेको बहसमा आगमी शैक्षिक बर्षका बारेमा पनी छलफल गरिएको बडीमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए ।
बडीमालिका नगरपालिकाले अवको शिक्षा उत्पादनमुलक हुनुपर्ने जोड दिएको छ । आर्थिक समृद्धिका लागि उत्पादनमूलक शैक्षिक प्रणालीको खाँचो रहेको कार्यक्रमका सहभागीहरुले बताएका छन् । सहाभगी प्रअले भने, “शिक्षा नै समृद्धिको मेरुदण्ड हो । शैक्षिक विकास नभई मुलुकको विकास असम्भव रहेको सहभागी शिक्षक तथा सरोकारवाला निकायका प्रमखहरुले बताए । शिक्षिक क्षेत्रको सुधारको लागी सानो कक्षा देखी नै बिकास गर्नुपर्ने सहभागीहरुले बताएका थिय ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र उपयुक्त व्यवस्थापन गर्न नगरपालिकाले भरपुर सहयोग गर्ने नगरपालिकाले बताएको छ । बहसमा नगरपालिका भित्रका सबै बिद्यालयमा एकै किसिमको बिद्यालय पोशाक कोड बनाउने निर्णय गरेको नगरपालिकाले बताएको छ । शैक्षिक बर्ष २०७५÷०७६ मा प्राप्त शिकाई उपलब्धीमा कम्तीमा २ प्रतिशत सिकाई उपलब्धी बृद्धी गर्ने निर्णय गरेको नगरपालिका कम्पुयूटर अपरेटर बिर बहादुर बिष्टले बताएका छन् । त्यस्तै शिर्जनाआत्मक सिप कला र सिप ब्यबासायको पठनपाठनका लागी शिक्षकलाई ब्यवासायीक तालिमको पहल गर्ने बताएको छ । बडीमालिका नगरपालिकाको आफु जहाँ आफ्ना त्यहाँ कार्यक्रममलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न सबै बिद्यालयमा परिपत्र गर्ने निर्णय गरेको कम्पूटर अपरेटर बिष्टले बताएका छन् ।
बडीमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा भएको बहस कार्यक्रममा नगरपालिका भित्रका बिद्यालयका प्रधानाध्यपक, शिक्षा संग सरोकारवाला गैर सरकारी संस्था पीसविन बाजुरा, साहस नेपाल लगायतक संस्थाका प्रमुख नौ ओटै वडाका वडाअध्यक्ष पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण तथा संचालन नगरपालिकाका कम्पूटर अपरेटर बिर बहादुर बिष्टले गरेका थिय ।

चर्चामा

सम्बन्धित समाचार